News Portal

रेडियो सुन्नुहोस्

दाङमा भवनको अभावमा अवरुद्ध रहेको जिन एक्स पर्ट सेवा सुचारु

बोम बहादुर परियार२०७८ कार्तिक ०५  , प्युठान
९६१ पटक
२०७८ कार्तिक ०५  , प्युठान

दाङमा लामो समयदेखि भवनको अभावमा अवरुद्ध रहेको क्षयरोग परिक्षणका लागि जिन एक्स पर्ट मेसिन सुचारुमा आएको छ ।

क्षयरोग निदानका लागि प्रभावकारी मानिने उक्त मेसिन शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

राप्ती विज्ञान प्रतिस्ठान घोराहि दाङमा जिन एक्स पर्ट मेसिन भवनको अभावमा एत्तिकै थन्किएको थियो । अहिले सेभ द चिल्ड्रेन र किड्स नेपाल को सहयोगमा भवन निर्माण भएपछी शुक्रबार राप्ती विज्ञान प्रतिस्ठान अस्पतालका निर्देशक डाक्टर प्रज्ञा बस्नेत द्वारा उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम प्रवन्धक मिमवहादुर सिँह ले क्षयरोगका बिरामी पत्ता लगाउनको लागि जिन एक्स पर्ट सेवा प्रभावकारी रहेको बताए । बिरामी खोज्नका लागि खकार ढुवानी कार्यक्रम , सम्पर्क परिक्षण कार्यक्रम, बालबालिकामा क्षयरोग निदान कार्यक्रम लुम्बिनी कर्णाली प्रदेश लगाएत नेपालका विभिन्न स्थानहरुमा संचालनमा रहेको बताए । साथै दाङमा उक्त कार्यक्रम कोसेढुङा (सकारात्मक तथा महत्वपुर्ण भुमिका) साबित हुने उनले बताए ।

त्यस्तै राष्ट्रिय क्षयरोग कार्यक्रम किड्स दाङ परियोजना प्रमुख मधब खनाल ले सेवा सुचारु भएपछी प्रविधिले क्षयरोग निदान र व्यवस्थापनमा ठूलो सहयोग पुग्ने र सेवाग्राही बाहिरी जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
कार्यक्रममा कपिलवस्तु ईन्टिग्रेटेड डेभलप्मेन्ट सर्भिस ( किड्स ) परियोजना लुम्बिनी प्रदेशका संयोजक भिमा पराजुलीको समेत उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...