News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाटोमै छरपस्ट ग्याँस सिलिण्डर

झुलेनी नेटवर्क२०७८ कार्तिक १६
५२६ पटक
२०७८ कार्तिक १६

सदरमुकाम खलंगाको ब्यस्त ठाउँ खलङ्गा बसपार्क हो । यहाँ बिहानदेखि बेलुकासम्म छोटो तथा लामो दुरीका सवारी साधनमा ओहोरदोहोर गर्ने यात्रु हिडिरहन्छन् । त्यत्तिकै मात्रामा स्थानीयवासी किनमेलका लागि खलंगा बसपार्कमा पैदलै पुग्छन् । यहाँबाट प्यूठान र अर्घाखाँची भित्रिने र बाहिरीने छोटा तथा लामो दुरीका सवारी साधन ओहोर दोहोर गर्छन् ।

तर स्थानीय ब्यापारीले सडक छेउँ ढाकेर ब्यापार गर्नाले सडक साँघुरो बनेको छ । किरानासँगै बसपार्कका केहिँ ब्यवसायीले बाटोमै ग्याँस राखेर बिक्रि वितरण गरीरहेका भेटिन्छन् । सडकमा कुनैपनि बस्तु राखेर बिक्रि वितरण गर्न पाइदैन । सडकमा ग्याँस सिलिण्डर राख्नु जोखिम हुन्छ ।

सिलिन्डरमा प्रज्वलनसिल पदार्थ ग्याँस हुने भएकाले खुल्ला रुपमा राखीएका सिलिण्डिरबाट दुर्घटना र विष्फोट हुने खतरा बढी हुन्छ । ब्यस्त सडकमा राखिएका सिलिन्डरबाट पैदल यात्रुलाई जोखिम बढेको छ । त्यससँगै गाडी गुड्नका लागि समेत सडक साघुरो भएकाले ठोक्किने डर हुन्छ ।

जथाभावी राखिएका सिलिण्डर समयमै नहटाउने हो भने दुर्घटनाको चिन्ता बढेको स्थानीयवासी बताउँछन् । यसमा सरोकारवालाको समयमै ध्यान जानु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...