News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका सबै स्थानीय तहमा सर्वसहमत नेतृत्य निर्वाचित : कहाँ कहाँ को बने ?

एमाले गौमुखीमा जि.सी.को नेतृत्वमा कमिटि गठन

झुलेनी नेटवर्क२०७८ कार्ति १६
७६९ पटक
२०७८ कार्ति १६

नेकपा एमाले गौमुखी गाउँपालिका कमिटि जुमानसिंह जि.सी.को नेतृत्वमा चयन भएको छ । सर्वसहमतीका लागि प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको थियो । मंगलवार बिहान निर्वाचित कमिटिको उपाध्यक्ष शुवास के.सी., सचिव बसन्त चन्द, सह सचिव याम बहादुर थापा र दिपा बोहोरा रहेका छन् ।

कमिटिका सदस्यहरु यसअघि नै सर्व सहमतिमै चयन भएका थिए । अध्यक्ष पदका लागि आयोजक समितिका अध्यक्ष जुमानसिंह जि.सी. र ज्ञानुमाया के.सी.को दावेदारी थियो । यो सँगै जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसहमतिमा नेतृत्व चयन भएका छन् । यसअँघि जिल्लाका ९ वटै वडामा वडा अधिवेशन सर्वसहमत सम्पन्न भएका छन् ।

प्यूठान नगरपालिकामा सर्वसहमतिमा आउँन नसक्दा ५ दिन पछि सर्वसहमतिमा भई गत आइतवार सपथ ग्रहण गरेका छन् । प्यूठान नगरपालिकामा टंक बहादुर खड्का, नौबहिनीमा विष्णु के.सी., मल्लरानीमा सुनिल शाही (लेकाली), झिमरुकमा ईन्द्रमणि पोख्रेल, माण्डवीमा याम बहादुर घिमिरे, ऐरावतिमा श्याम थापा, सरुमारानीमा बसन्त बहादुर जि.सी., स्वर्गद्वारीमा रामप्रसाद श्रेष्ठ सहितका पदाधिकारी निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...