News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीको सार्वजनिक सुनुवाइमा समानुपातिक विकासमा जोड

झुलेनी नेटवर्क
३८५ पटक

ऐरावती गाउँपालिका प्यूठानको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गत अ.व. २०७८ र प्रथम चौमासिकको विकास निर्माण गतिविधि सम्बन्धि सार्वजनिक सुनुवाइ गरीएको हो । सुनुवाइ कार्यक्रमका सहभागीहरुले समानुपातिक विकास निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सहभागीहरुले मुख्य रुपमा सडक निर्माण मर्मत र सुधारका लागि गाउँपालिकालाइ ध्यान दिन आग्रह गरेका हुन । गाउँपालिकाले ऐरावति ३ स्थित धर्मोदय मा.वि. जावुनेको प्राङ्गणमा शनिवार सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाइका सहभागीहरुले हरीयागाउँ-जावुने-कोलवाङ सडकको स्तरोन्नती. विजुवार-चेरनेटा-जावुने सडकमा नियमित बस सन्चालन. विद्यालयको शैक्षिक सुधार. ख र ग मा पर्न अपाङ्गता भएकाहरुलाइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने. टोल विकास समिति गठन र बिघटन सम्बन्धिको प्रक्रिया. खर्सेदमारमा झोलुङ्गे पुन निमार्णमा ढिलाइ बारे जिज्ञासा. नौघाट पक्कि पुल निर्माण सम्बन्धि लगायत विषयमा प्रश्न उठाएका थिए ।

यसबाहेक गाउँपालिकाका विभिन्न गतिविधिका विषयमा सहभागीहरुले सवाल उठाएका थिए । सुनुवाइ कार्यक्रममा सहजीकरण गर्ने संस्था झुलेनी युनाइटेड नेटवर्ककका एलबी थापाले नागरिक प्रतिवेदन पत्र र बहिर्गमित अभिमत प्रतिवेदन पेश गरेका थिए ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले गाउँपालिकाको गत आ.व.को प्रगति प्रतिवेदन र प्रथम चौमासिकको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा उठेक सवालहरुमा गाउँपालिका अध्यक्ष नविल बिक्रम शाह. उपाध्यक्ष बुद्ध बहादुर बस्नेत. प्रमुख प्रशासकिकय अधिकृत हिरालाल भण्डारी तथा बिभिन्न गाउँपालिका अन्तर्गत शाखा प्रमुखहरुले स्पस्ट पारेका थिए ।

विकास निर्माण प्रक्रिया क्रमागत रुपमा हुने भएको जनाउँदै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाको सम्मृद्धिका लागि सबैसँग हातेमालो गर्दै अगाडी बढेको बताए । उनले कतिपय योजना निर्माण पुरा भएको र कतिपय योजना निर्माण पुरा हुने चरणमा रहेको उल्लेख गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले स्वागत मन्तव्य राख्दै गाउँपालिकाका विषयमा कुनै जिज्ञासा. सवाल वा सुझाव भए गाउँपालिकामै उपस्थित भएर पनि दिन सकिने बताए ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...