News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीको सार्वजनिक सुनुवाइमा समानुपातिक विकासमा जोड

झुलेनी नेटवर्क
९१७ पटक

ऐरावती गाउँपालिका प्यूठानको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गत अ.व. २०७८ र प्रथम चौमासिकको विकास निर्माण गतिविधि सम्बन्धि सार्वजनिक सुनुवाइ गरीएको हो । सुनुवाइ कार्यक्रमका सहभागीहरुले समानुपातिक विकास निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सहभागीहरुले मुख्य रुपमा सडक निर्माण मर्मत र सुधारका लागि गाउँपालिकालाइ ध्यान दिन आग्रह गरेका हुन । गाउँपालिकाले ऐरावति ३ स्थित धर्मोदय मा.वि. जावुनेको प्राङ्गणमा शनिवार सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाइका सहभागीहरुले हरीयागाउँ-जावुने-कोलवाङ सडकको स्तरोन्नती. विजुवार-चेरनेटा-जावुने सडकमा नियमित बस सन्चालन. विद्यालयको शैक्षिक सुधार. ख र ग मा पर्न अपाङ्गता भएकाहरुलाइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने. टोल विकास समिति गठन र बिघटन सम्बन्धिको प्रक्रिया. खर्सेदमारमा झोलुङ्गे पुन निमार्णमा ढिलाइ बारे जिज्ञासा. नौघाट पक्कि पुल निर्माण सम्बन्धि लगायत विषयमा प्रश्न उठाएका थिए ।

यसबाहेक गाउँपालिकाका विभिन्न गतिविधिका विषयमा सहभागीहरुले सवाल उठाएका थिए । सुनुवाइ कार्यक्रममा सहजीकरण गर्ने संस्था झुलेनी युनाइटेड नेटवर्ककका एलबी थापाले नागरिक प्रतिवेदन पत्र र बहिर्गमित अभिमत प्रतिवेदन पेश गरेका थिए ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले गाउँपालिकाको गत आ.व.को प्रगति प्रतिवेदन र प्रथम चौमासिकको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा उठेक सवालहरुमा गाउँपालिका अध्यक्ष नविल बिक्रम शाह. उपाध्यक्ष बुद्ध बहादुर बस्नेत. प्रमुख प्रशासकिकय अधिकृत हिरालाल भण्डारी तथा बिभिन्न गाउँपालिका अन्तर्गत शाखा प्रमुखहरुले स्पस्ट पारेका थिए ।

विकास निर्माण प्रक्रिया क्रमागत रुपमा हुने भएको जनाउँदै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाको सम्मृद्धिका लागि सबैसँग हातेमालो गर्दै अगाडी बढेको बताए । उनले कतिपय योजना निर्माण पुरा भएको र कतिपय योजना निर्माण पुरा हुने चरणमा रहेको उल्लेख गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले स्वागत मन्तव्य राख्दै गाउँपालिकाका विषयमा कुनै जिज्ञासा. सवाल वा सुझाव भए गाउँपालिकामै उपस्थित भएर पनि दिन सकिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...