नेकपा एमाले मल्लरानी गाउँपालिका कमिटीले असफल राष्ट्रिय जनमोर्चा नेतृत्वले मल्लरानी गाउँपालिका विकास निर्माण लगायतमा गतिविधिमा पछी परेको आरोप लगाएको छ ।
जिल्ला सदरमुकाम रहेको मल्लरानी गाउँपालिकालाइ नागरिक प्रति जवाफदेहिता, पारदर्शिता, शुसासन लगायत प्रशासनिक क्षेत्रमा अपेक्षाकृत कार्य गर्न नसकेको एमाले मल्लरानी कमिटीले बिज्ञप्ति मार्फत ध्यानाकर्ण गराएको हो ।
बिहिवार सचिव नोमराज पौडेलद्वारा हस्ताक्षरित प्रेश बक्तव्य जारी गर्दै कमिटीले गाउँपालिकामा जनचाहना अनुरुप काम नहुँदा नागरिकको अधिकारका लागि जिम्मेवार भएर लाग्न सुझाएको हो ।
बिज्ञप्तिको पुर्ण पाठ हेर्नुहोस ।