News Portal

रेडियो सुन्नुहोस्

१८ बर्ष भन्दा माथिका सबै प्यूठानीलाई खोप दिन्छौं : खड्का

सिखबर संवाददाता
२१४६ पटक

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसबाट नेपाल लगायत विश्वभर नै ठुलो क्षति वेहोर्नु पर्याे । त्यसबाट प्युठानमा पनि अहिले सम्म कोभिड १९ का कारण ८९ जनाको मृत्यु भयो भने, ३ हजार ९ सय ५१ जना संक्रमित हुन पुगे । हाल जिल्लामा ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । कोभिड १९ का कारण प्युठानको आर्थिक, सामाजिक, राजनैतिक लगाएत हरेक क्षेत्र प्रभावित बन्यो । यसको रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षाका लागि सरकारले विभिन्न चरणमा स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर विविध गतिविधि संचालन ग। कोरोना भाइरस विरुद्धको विभिन्न खोपहरु बनेपछि खोप अभियान संचालन गरि कोभिड १९ नियन्त्रणको अभियानमा यतिबेला सरकार जुटिरहेको छ । यसको प्रभावकारीता पनि देखिएको छ ।

यहि मंसीर ९ गते देखि १५ गते सम्म प्युठानमा १८ बर्ष भन्दा माथिका सबै नागरिकलाई खोप प¥याउने सरकारको लक्ष्य अनुसार खोप अभियान संचालन हुँदैछ । यसै सन्दर्भमा सहकर्मी दीपा पौडेलले स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्का संग गरेको संक्षिप्त कुराकानी :

 

१) कोरोना महामारीको समयमा स्वास्थ्य कार्यालय प्युठानले आफ्ना गतिविधिहरु कसरी संचालन गरिरहेको छ ?

-धन्यवाद , कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संवेदनशिलतालाई ख्याल गरि निर्धारित कार्यक्रम अनुसार नै कार्यक्रमहरु संचालन गरेका छौं । स्वास्थ्य कार्यालय प्युठानले गर्ने नियमित गतिविधिहरु चलिराखेका छन् । अहिलेको सन्दर्भमा खोप अभियानलाई प्रभावकारी बनाउनको लागि यहि अभियानमा केन्द्रित छौं । खोप अभियानलाई सफल र प्रभावकारी बनाउन अरु कार्यक्रम स्थगित गरि खोप अभियानमा सबै साथीहरु जुटेका छौं ।

२‍‍‍‍) यस भन्दा अगाडि थोरै मात्रामा खोप लगाउनुभयो । अहिले सबै प्युठानीलाई पुग्छ ?

-सहि कुरा गर्नुभयो दीपा जी । खास गरि सरकारले १८ बर्ष भन्दा माथिका नागरिकलाई लगाउने भनेर प्राथमिकता तोकेर सिमित मात्रमा खोप पठायो । सुरुमा त स्वास्थ्यकर्मीहरुले समेत लगाउन अप्ठारो मान्नुभएको थियो । खोपको प्रभावकारीता देखिएपछि यसको माग निकै भयो । विभिन्न मुलुकको सहयोगमा खोप आउने भएकोले जिल्लामा पनि सिमित खोप आउने गर्थ्यो । प्राथमिकताका आधारमा हामीले खोप दिएका थियौं। यसपटक अघिल्ला सबै अभियानमा छुटेका तथा खोपको पुरा मात्रा नलगाएका १८ बर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउँछौं । त्यसको लागि १ लाख डोज खोप हामी संग छ ।

३) विभिन्न समयमा विभिन्न नामका खोपहरु आए । यस पटक कुन कुन खोप लगाउँदै हुनुहुन्छ ?

-निकै महत्वपुर्ण प्रश्न गर्नुभयो । पहिले हामीले कोभिशिल्ड, भेरोसिल, जोनसन एण्ड जोनसन र एस्टा«जेनिका नामका खोप लगाएका थियौं । यस पटक एस्टा«जेनिका खोपको पहिलो मात्रा, एस्टा«जेनिका र भेरोसिल खोपको दोस्रोे मात्रा लगाउन छुटेकाहरुलाई खोप दिदैछौं ।

४) १ लाख डोज खोप आएको छ भन्नुभयो पहिलेको भन्दा ब्यवस्थापनमा गाह्रो भएको होला त ? कसरी ब्यवस्थापन गरेर लगाउँदै हुनुहुन्छ ?

-पहिले खोप नपाएर गुनासो आउने गरेको सत्य कुरा हो । हामीले सिमित खोपलाई राज्यले तोकेका लक्षित बर्गलाई लगाउनुपर्ने अवस्था थियो । अहिले पर्याप्त मात्रामा खोप आएको छ । अब १८ बर्ष माथिका सबै प्युठानीलाई खोप पुग्छ । यो निकै राम्रो कुरा हो । अहिलेको अभियानलाई प्रभावकारी बनाउन मैले पहिले पनि भने अन्य गतिविधिहरुलाई स्थगित गरेर सबै जनशक्ति जुटेका छौं । हामीले यस पटक करिव १ जनालाई जिल्लाका २ सय ७० वटा खोपकेन्द्रबाट खोप प्रदान गरिनेछ । सबै खोप केन्द्रमा सुरक्षित रुपमा खोप पुगेका छन् । यसका लागि हामीले एउटा केन्द्रमा कम्तिमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वयंमसेविकाको ब्यवस्था गरेका छौ । स्थानिय निकायका सबै स्वास्थ्य शाखा प्रमुखहरु लगाएत स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा हुनुहुन्छ । ब्यवस्थापनको काम सबै सकिएको छ । ढुक्कले गएर आफुलाई पाएक पर्ने ठाउँमा खोप लगाउन सक्नुहुनेछ ।

५) पहिले गर्भवति महिलालाई खोप नदिने भन्ने थियो । अहिले दिन सकिन्छ भन्ने आएको छ । कस्तो कस्तो अवस्थामा दिन सकिने हो ?

-एकदमै राम्रो प्रश्न गर्नुभयो, पहिले गर्भवतिलाई नदिने भन्ने नै निर्देशन हामीलाई थियो । अहिले पनि नदिने नै भन्ने छ । तर बिशेष अवस्थामा कोभिड १९ को उच्च जोखिमामा पर्ने अवस्था भएमा र गर्भवति अबस्थामा जटिलता भएका जस्तै ३५ बर्ष माथिका गर्भवति महिला, अत्यधिक तौल भएका, मधुमेह, उच्च रक्तचाप जस्ता विभिन्न दिर्घरोग भएका छन् भने उनीहरुलाई विशेष निगरानीमा लगाउन सकिने भन्ने छ । हामीले यसै अनुसार तयारी गरेका छौं ।

६) खोप अभियान सम्पन्न गर्न अन्य सरोकारवालाहरुको भूमिका आवश्यक पर्छ कि पर्दैन ?

-सबैको सहयोग अपरिहार्य छ । स्थानिय तहका जनप्रतिनिधिहरु, राजनितिक दल, पत्रकार लगाएत यो अभियानको बिषयमा जानकार भएका सबैले यो हाम्रै अभियान हो भनि यसलाई सफल बनाउन लागि पर्नुपर्दछ । जनप्रतिनिधि, कर्मचारी सरोकारवाला पक्षसंग हामीले छलफल पनि गरिसकेका छौं । सबैको सहयोगले मात्र यो सफल हुने हो । त्यसकारण आ आफ्नो ठाउँबाट सबै लागौं । यो १८ बर्ष माथिका नागरिकका लागि अन्तिम अभियान पनि हो । अव १८ बर्ष भन्दा माथिका नागरिकका लागि अभियान संचालन नहुन सक्छ । त्यसैले सबैले आफुलाई पायक पर्ने खोपकेन्द्रबाट खोप लगाउनबाट नछुटौं। यो अभियानलाई सफल बनाउन आ आफ्नो ठाउँबाट सबै लाग्न अनुरोध गर्दछु ।

७) समय दिनुभएकोमा धन्यवाद

-हजुरलाई पनि धन्यवाद ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...