News Portal

रेडियो सुन्नुहोस्

फेरि फुट्यो मसाल, सन्तबहादुर नेपालीको संयोजकत्वमा समन्वय समिति घोषणा

गायक जीवन शर्मा पनि समन्वय समिति सदस्य

झुलेनी नेटवर्क२०७८ मंसिर १५
११७६ पटक
२०७८ मंसिर १५

नेकपा मसाल फेरि फुटेको छ । नेकपा मसालले कारबाही गरी जिम्मेवारीबाट हटाएको समूहले अलग्गै समूह बनाएपछि मसाल राजनीतिकरुपमा फुटेको हो । पार्टीभित्र फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेको जनाएका छन् ।

३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले पूर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् । अन्य नेताहरुको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ ।

समन्वय समितिका संयोजक नेपालीले नेकपा मसालको नेतृत्व दक्षिणपन्थी, अधिनायकवादी र स्वेच्छाचारी भएकोले विद्रोह गर्नुपरेको बताए । समन्यव समितिमा पार्टी नेताहरु विमल शर्मा, गोविन्दसिंह थापा, सूर्या थापा, जीवन शर्मा, दीपक पौडेल, रामबहादुर बुढा, नारायण योगी, शशिधर भण्डारी, गंगाधर शर्मालगायतका नेताहरु छन् ।

संयोजक नेपालीले सातौं महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारबाही गर्दै पार्टीबाट पाखा लगाउन खोजेकाले यस्तो अवस्था आएको बताए । ‘नेतृत्वले त्यो कुरा अस्वीकार गर्दै आएकाले यो अवस्था आएको हो, एक वर्षभित्र नयाँ कम्युनिष्ट पार्टी गठन गर्छौ, छरिएर रहेका कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरण आवश्यक छ, त्यही रणनीतिअनुसार अगाडि बढ्छौं’, नोपलीले भने ।

समितिले संघीय व्यवस्था खारेज गर्न, एमसीसी सम्झौता खारेज गर्न, भारतद्वारा अतिक्रमित भूभागका सन्दर्भमा उच्चस्तरीय राजनीतिक तहबाट वार्ता गरी सीमा विवाद अन्त्य गर्न, १९५० लगायतका असमान सन्धी खारेज गर्न, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने लगायतका माग सरकारसँग गरेको छ । यो समूहले साबिकको मसालमा रहेको २९ जना केन्द्रीय सदस्यमध्ये १४ जना बाहिरिएको दाबी गरेको छ । नेपाल प्रेसमा खवर छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...