News Portal

रेडियो सुन्नुहोस्

ब्रेकीङ न्युज : ट्रिपरले अटोलाइ ठक्कर दिदा २ जनाको घटना स्थलमै ज्यान गयो

बोम बहादुर परियार
९५२ पटक

प्यूठान । सोमवार दिउँसो भएको अटो रिक्सा दुर्घटनामा २ जनाको ज्यान गएको छ । बिजुवार देखि स्वर्गद्वारी जाँदै गरेको अटो र बिपरित दिसा तर्फबाट आउदै गरेको टिप्पर चकचके र चेरनेटाको बिच सडकको मोडमा दुर्घटना भएको हो ।  रा १ ह ५७०७ नम्बरको अटो रिक्सालाइ विपरित दिशाबाट आएको ना ८ ख ३९०३ नं को ट्रिपरले ठक्कर दिएको प्रत्यक्षदर्शिले बताए । अटोमा एउटै परिवारका सदस्य स्वर्गद्वारी दर्शनका लागि सवार थिए ।

दुर्घटनामा प्युठान न.पा. ३  घुर्चने निवासी वर्ष ३५ का अमृत थापा र वर्ष ४ का सुसान्त थापाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन । घाइते हुनेहरुमा वर्षा ८ कि  दुर्गा थापा, वर्ष ३० कि पुनम थापा, वर्ष १६ कि विपना थापा र वर्ष १० का  शुष्मा थापा रहेका छन् । घाइतेहरुको प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

घटनापछी अटो ड्राईभर फ्रार रहेका छन भने टिप्पर र टिप्पर चालकलाइ प्रहरिले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...