News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघ बजार इलाकामा सर्वसम्मत नेतृत्व : कहाँ कहाँ को को भए ?

एलबी थापा
६२१ पटक

प्यूठान उद्योग वाणिज्य संघ अन्तर्गत बिभिन्न बजार क्षेत्रका साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका छन् । संघको यतिबेला १४ औं साधारण सभा तथा छैटौं अभिवेशन चलीरहेको छ । आगामी जिल्ला निर्वाचनका लागि बजार इलाकाको साधारण सभा तथा अधिवेशन टुङ्ग्याउनुपर्ने प्रावधान छ ।

जस अन्र्गत सरुमारानी बजार क्षेत्रमा योगेश सारुको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा नवराज राना, सचिव किसान सारु, सह सचिव पुष्पराज न्यौपाने, कोषाध्यक्ष भरत एम.सी. पदाधिकारीमा निर्वाचित भएका छन् । सदस्यहरुमा बलिराम सुनार, बुध कुमारी सोमै, महोम्मद अतिउल्ला हलुवाई चयन भएका छन् ।

गौमुखी बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट जनक केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । के.सी. यस बजार क्षेत्रमा पुनः दोहोरीएका हुन् । बजार क्षेत्रको उपाध्यक्षमा दिपक वली, सचिव कृष्ण बहादुर मल्ल, कोषाध्यक्ष चेत बहादुर राना चयन भएका छन् । सदस्यहरुमा बसन्ता के.सी., बिदुर कुमार पुरी, मन बहादुर पुन, रुद्र विर बुढा निर्वाचित भएका छन् ।

नौबहिनी गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट विष्णु के.सिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको संघले जनाएको छ । उपाध्यक्ष रमेश के.सि., सचिव कृष्ण के.सि. र कोषाध्यक्ष छविलाल श्रीष मगर चयन भएका छन् ।

सदस्यहरुमा हुमा के. सि., धनिराम बि. एम., रिखिराम गिरि र हुमलाल भण्डारी चयन भएका छन् भने २ जना कार्यसमितिको बैठकले मनोनित गर्ने बताइएको छ । जिल्ला प्रतिनिधिमा ईश्वरि प्रसाद रिजाल चयन भएका छन् ।
मल्लरानी गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट बासु प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्ष भरत कुमार श्रेष्ठ, सचिव नुमराज खनाल र कोषाध्यक्ष विवेक जि.सि. चयन भएका छन् ।

सदस्यहरुमा दिने सार्कि, चिन्ता भारति, सरिता भट्टराई र पशुपति श्रेष्ठ चयन भएका छन् । जिल्ला प्रतिनिधिमा प्रभात श्रेष्ठ चयन भएका छन् ।
झिमरुक गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट बोदिराम पोख्रेल (बद्रि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल, सचिव प्रेम पुन र कोषाध्यक्ष पिताम्बर घिमिरे चयन भएको संघले जनाएको छ ।

सदस्यहरुमा हेमराज भट्टराई, ददिराम पन्थि, मोहन पुरी र दालिन्द्र के. सि. चयन भएका हुन् भने २ जना सदस्यलाई कार्यसमितिको बैठकले मनोनित गर्ने प्रावधान छ । जिल्ला प्रतिनिधिमा ददिराम पोख्रेल चयन भएका छन् ।
प्यूठान नगरपालिका नगर क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट प्यार अलि खाँनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा खेमराज भण्डारी, सचिव कमल पौडेल, सह–सचिव प्रशुजता अधिकारी (जिसी) र कोषाध्यक्षमा रोहिणिराज पोख्रेल चयन भएका छन् । सदस्यहरुमा शम्भु श्रेष्ठ, टुकलाल न्यौपाने र विष्णु न्यौपाने चयन भएका छन् भने ३ जना कार्यसमितिको बैठकले मनोनित गर्नेछ । जिल्ला प्रतिनिधिहरुमा निरज श्रेष्ठ, प्रदिप कर्माचार्य र चेतनाथ योगि चयन भएका छन् ।

स्वर्गद्वारी नगरपालिका नगर क्षेत्रका साधारण सभा तथा अधिवेशनबाट पशुपति श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा रमेश पुन, सह–सचिवमा प्रेम प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा बालाराम कालाथोकि चयन भएका छन् । सदस्यहरुमा दिपक चन्द्र थापा, बुद्धिराम गोराथोकि, पूर्ण बहादुर घर्ति, गणेशमान कालाथोकि चयन भएका छन् भने २ जना कार्यसमितिको बैठकले मनोनित गर्नेछ । जिल्ला प्रतिनिधिमा विष्णु प्रसाद भुषाल चयन भएका छन् ।

माण्डवी गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष मेनुका घर्ति, सचिव हरि सुवेदी, र कोषाध्यक्ष मदन घर्ति चयन भएका छन् । सदस्यहरुमा खगेश्वर अधिकारी, ईश्वर खत्री, शान्त बहादुर योगि, जित बहादुर के. सि. र सेते घर्ति चयन भएका छन् । जिल्ला प्रतिनिधिमा सरिता थापा चयन भएका छन् ।

ऐरावती गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट नारायण ज्ञवालिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष बिर बहादुर राहु, सचिव नुम प्रसाद श्रेष्ठ, र कोषाध्यक्ष चिन्तन श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा लाल बहादुर जि. सि., रोम बहादुर घर्ति, तुलसा थापा, हिमाल थापा, शिवराज श्रेष्ठ र धर्बेन्द्र शाहि चयन भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युद्ध महान् थियो भने त्यो बाटो किन छोडेको ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न...

युद्धलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिनु संविधान विपरीत: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गर्ने अभिव्यक्ति संविधान विपरीत रहेको...

हुनुपर्ने काम रोक्ने र नहुनुपर्ने काम भइराख्ने नहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न ...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको...