News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघ बजार इलाकामा सर्वसम्मत नेतृत्व : कहाँ कहाँ को को भए ?

एलबी थापा
१२४२ पटक

प्यूठान उद्योग वाणिज्य संघ अन्तर्गत बिभिन्न बजार क्षेत्रका साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका छन् । संघको यतिबेला १४ औं साधारण सभा तथा छैटौं अभिवेशन चलीरहेको छ । आगामी जिल्ला निर्वाचनका लागि बजार इलाकाको साधारण सभा तथा अधिवेशन टुङ्ग्याउनुपर्ने प्रावधान छ ।

जस अन्र्गत सरुमारानी बजार क्षेत्रमा योगेश सारुको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा नवराज राना, सचिव किसान सारु, सह सचिव पुष्पराज न्यौपाने, कोषाध्यक्ष भरत एम.सी. पदाधिकारीमा निर्वाचित भएका छन् । सदस्यहरुमा बलिराम सुनार, बुध कुमारी सोमै, महोम्मद अतिउल्ला हलुवाई चयन भएका छन् ।

गौमुखी बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट जनक केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । के.सी. यस बजार क्षेत्रमा पुनः दोहोरीएका हुन् । बजार क्षेत्रको उपाध्यक्षमा दिपक वली, सचिव कृष्ण बहादुर मल्ल, कोषाध्यक्ष चेत बहादुर राना चयन भएका छन् । सदस्यहरुमा बसन्ता के.सी., बिदुर कुमार पुरी, मन बहादुर पुन, रुद्र विर बुढा निर्वाचित भएका छन् ।

नौबहिनी गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट विष्णु के.सिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको संघले जनाएको छ । उपाध्यक्ष रमेश के.सि., सचिव कृष्ण के.सि. र कोषाध्यक्ष छविलाल श्रीष मगर चयन भएका छन् ।

सदस्यहरुमा हुमा के. सि., धनिराम बि. एम., रिखिराम गिरि र हुमलाल भण्डारी चयन भएका छन् भने २ जना कार्यसमितिको बैठकले मनोनित गर्ने बताइएको छ । जिल्ला प्रतिनिधिमा ईश्वरि प्रसाद रिजाल चयन भएका छन् ।
मल्लरानी गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट बासु प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्ष भरत कुमार श्रेष्ठ, सचिव नुमराज खनाल र कोषाध्यक्ष विवेक जि.सि. चयन भएका छन् ।

सदस्यहरुमा दिने सार्कि, चिन्ता भारति, सरिता भट्टराई र पशुपति श्रेष्ठ चयन भएका छन् । जिल्ला प्रतिनिधिमा प्रभात श्रेष्ठ चयन भएका छन् ।
झिमरुक गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट बोदिराम पोख्रेल (बद्रि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल, सचिव प्रेम पुन र कोषाध्यक्ष पिताम्बर घिमिरे चयन भएको संघले जनाएको छ ।

सदस्यहरुमा हेमराज भट्टराई, ददिराम पन्थि, मोहन पुरी र दालिन्द्र के. सि. चयन भएका हुन् भने २ जना सदस्यलाई कार्यसमितिको बैठकले मनोनित गर्ने प्रावधान छ । जिल्ला प्रतिनिधिमा ददिराम पोख्रेल चयन भएका छन् ।
प्यूठान नगरपालिका नगर क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट प्यार अलि खाँनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा खेमराज भण्डारी, सचिव कमल पौडेल, सह–सचिव प्रशुजता अधिकारी (जिसी) र कोषाध्यक्षमा रोहिणिराज पोख्रेल चयन भएका छन् । सदस्यहरुमा शम्भु श्रेष्ठ, टुकलाल न्यौपाने र विष्णु न्यौपाने चयन भएका छन् भने ३ जना कार्यसमितिको बैठकले मनोनित गर्नेछ । जिल्ला प्रतिनिधिहरुमा निरज श्रेष्ठ, प्रदिप कर्माचार्य र चेतनाथ योगि चयन भएका छन् ।

स्वर्गद्वारी नगरपालिका नगर क्षेत्रका साधारण सभा तथा अधिवेशनबाट पशुपति श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा रमेश पुन, सह–सचिवमा प्रेम प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा बालाराम कालाथोकि चयन भएका छन् । सदस्यहरुमा दिपक चन्द्र थापा, बुद्धिराम गोराथोकि, पूर्ण बहादुर घर्ति, गणेशमान कालाथोकि चयन भएका छन् भने २ जना कार्यसमितिको बैठकले मनोनित गर्नेछ । जिल्ला प्रतिनिधिमा विष्णु प्रसाद भुषाल चयन भएका छन् ।

माण्डवी गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष मेनुका घर्ति, सचिव हरि सुवेदी, र कोषाध्यक्ष मदन घर्ति चयन भएका छन् । सदस्यहरुमा खगेश्वर अधिकारी, ईश्वर खत्री, शान्त बहादुर योगि, जित बहादुर के. सि. र सेते घर्ति चयन भएका छन् । जिल्ला प्रतिनिधिमा सरिता थापा चयन भएका छन् ।

ऐरावती गाउँपालिका बजार क्षेत्रको साधारण सभा तथा अधिवेशनबाट नारायण ज्ञवालिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष बिर बहादुर राहु, सचिव नुम प्रसाद श्रेष्ठ, र कोषाध्यक्ष चिन्तन श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा लाल बहादुर जि. सि., रोम बहादुर घर्ति, तुलसा थापा, हिमाल थापा, शिवराज श्रेष्ठ र धर्बेन्द्र शाहि चयन भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...