News Portal

रेडियो सुन्नुहोस्

भानुभक्त माविका व्यवस्थापन समितिका सदस्यले दिए राजिनामा

झुलेनी पोष्ट
१८५४ पटक

भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका–३, बर्बोटका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य सचिव समेत रहेका प्रधानाध्यापकले मनोमानी रुपमा कार्य गरेको आरोप लगाउँदै २ जना सदस्यले राजीनामा दिएका हुन् ।

दलगत आस्थाकै आधारमा समितिका अध्यक्षले सार्वजनिक रुपमै विद्यालयमा कार्यरत शिक्षकहरुलाई राजिनामा दिएर राजनितिमा आउँन चुनौति दिदै एकलौटी रुपमा विद्यालय व्यवस्थानको कार्य गर्दै आएको राजिनामा दिएका सदस्यहरुको आरोप छ ।

समितिको सदस्यमा निर्वाचित मल्लरानी गाउँपालिका–३, निवासी पार्वता राना र मल्लरानी गाउँपालिका–२, निवासी राधा खनालले विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव चक्रपाणि पौडेल समक्ष राजिनामा पेश गरेका हुन् ।
राजिनामा बुझ्दै पौडेलले समितिको बैठकमा पेश गरी छलफल गर्ने बताएको राजिनामा दिएकी पार्वति रानाले बताइन् ।

बिभिन्न राजनितिक दलहरुको सहमति अनुसार गत वर्ष चैत्र २ गते वि.व्य.स. सर्वसहमत रुपमा गठन भएको थियो । समिति गठन भएको ९ महिना पुग्दा सम्म पनि अहिलेसम्म समितिले पुर्णता पाउँन सकेन ।

सर्वदलिय रुपमा समितिको पदाधिकारी गठन गरीएकोमा राजीनामा दिनेहरु नेकपा एमालेको तर्पmबाट चयन भएका हुन् । राजिनामा दिनेहरुले हाललाई पदबाट राजिनामा दिएपनि विद्यालयको विकासको निम्ति रचनात्मक सहयोग गर्ने नेकपा एमाले मल्लरानी गाउँपालिका सचिव नोमराज पौडेलले बताए ।

सचिव पौडेलले एकलोटी रुपमा राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिकाका सचिव समेत रहेका विव्यस अध्यक्ष जीवन के.सि. तथा प्रधानाध्यापक चव्रmपाणि पौडेलको कारणले विद्यालयका शिक्षकहरु बीच विवाद तथा सदस्यहरुले राजिनामा दिनुपर्ने वातावरण बनेको आरोप समेत लगाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...