News Portal

रेडियो सुन्नुहोस्

दाहाल, नेपालप्रति ओलीको व्यंग्य : ’केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता छ’

झुलेनी नेटवर्क
६८६ पटक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले देश बनाउने विषयमा एकै स्थानमा रहेको बताए ।

’केही केहीलाई कांग्रेसको औंला समाउन नपाउने हो कि भनेर चिन्ता रहेको छ,’ ओलीले भने, ’राष्ट्रियता, लोकतन्त्र, विकास सुशासन, सामाजिक न्यायको विषयमा एकै स्थान छ । हामी यो विषयमा सहकार्य गर्छौं ।’
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाली कांग्रेससँग सहकार्य रहेको छ ।

कार्यक्रममा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति व्यंग्य गरेका थिए ।
ओलीको सम्बोधनभन्दा अघि दाहालले एक्लै हिँड्न खोजेको अहंकारी समाप्त हुने बताएका थिए । दाहाल, ओली र नेपाल एक वर्षपछि पहिलो पटक सार्वजनिक मञ्चमा उपस्थित भएका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...