News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : सफारीमा जोखिमपुर्ण यात्रा

झुलेनी पोष्ट२०७८ मंसिर २८
१२३८ पटक
२०७८ मंसिर २८

ग्रामिण क्षेत्रका कच्चि बाटोमा चल्ने सवारी साधनहरुमा यात्रुहरुको चाप बढि छ। तर ग्रामिण क्षेत्रमा मात्र नभएर शहरि क्षेत्रमा पनि यात्रुहरुमा एउटै समस्या छ। सर्वसाधारण जोखिम मोलेरै यात्रा गर्न तयार छन् भने चालकहरु पनि जोखिम मालेरै चलाउन बाध्य छन् ।

धेरैजसो ग्रामिण क्षेत्रमा चल्ने सफारी र पिक अप जिपमा उकुस–मुकुस हुदै यात्रुहरु सवार गर्छन् । सिट क्षमता भन्दा बढि मात्र होइन, ज्यान नै जोखिममा राखेर गाडिका छतमा समेत यात्रुहरु सवार हुन्छन्। ग्रामिण क्षेत्रका गाडि चालकहरुले ट्राफिकको आँखा छल्दै यात्रुहरु सवार गराउँछन् भने यात्रुहरु पनि प्रहरीको आँखा छलेर चेकिङ पोष्टमा पैदल हिड्ने गर्दछन् ।

यस्तो जोखिम यात्रामा सर्वसाधारण सहित जान्ने बुझ्ने ब्यक्ति पनि चढीरहेका हुन्छन्। गाउँ ठाउँमा ट्राफिक प्रहरी नहुनु र प्रयाप्त यात्रु वाहक सवारी साधन नचल्दा यस्ता समस्या दोहोरीरहेका छन्। यात्रु, चालक र सवारी धनी सबैलाई जोखिमपुर्ण यात्रा हो भन्ने थाहा हुँदा हुँदै पनि वास्ता गरीरहेका हुदैनन्। प्रहरीको आँखा छलेर यात्रा गर्नुभन्दा सबै नागरिक आफै जिम्मेवार बन्न जरुरी हुन्छ ।

यात्रु चढ्यो भनेर कोचाकोच गराउने सवारी चालक र जोखिम नै हो भन्ने थाहा भएर पनि चढ्ने यात्रु दुबै गैर जिम्मेवार हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...