News Portal

रेडियो सुन्नुहोस्

काठमाण्डौ सहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

झुलेनी नेटवर्क
१२२१ पटक
चन्द्रागिरिमा हिमपात तस्बिर : चन्द्रागिरि हिल्स लिमिटेड

काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो ।

                                                                                                        हुम्लामा बुधबार भारि हिमपात रासस

यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ ।

                                                                                                                   बझाङमा हिमपात

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यस वर्ष समयमै हिउँ परेकाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

                           हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक/रास

                                                                          मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात/रासस

                                                   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात/रासस

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...