News Portal

रेडियो सुन्नुहोस्

नयाँ नेतृत्वको संघारमा निर्माण व्यवसायी : सर्वदलिय सहमतिका लागि छलफल चल्दै

झुलेनी नेटवर्क २०७८ पुष १८ प्यूठान
७३३ पटक
२०७८ पुष १८ प्यूठान

निर्माण व्यवसायी संघ प्यूठान नयाँ नेतृत्व चयनको संघारमा जुटेको छ । व्यवसायीहरुको हक–हितको लागि गठन भएको संघको १० औँ साधारण सभा तथा ५ औँ अधिवेशनको उद्घाटन जिल्ला समन्वय समितिको सभाहलमा भएको हो ।

अधिवेशनले आगामि कार्यकालको लागि नयाँ नेतृत्व चयन समेत गर्ने भएकाले व्यवसायीहरु यतिबेला सर्वदलिय सहमतिका लागि छलफलमा जुटेका छन् । आज दिउँसो १ बजेसम्म सर्वदलिय सहमतिका लागि समय तोकिएको छ । त्यसबेलासम्म सहमति नभए निर्वाचन प्रक्रियामा जाने संघले जनाएको छ ।

अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उप–समितिहरु गठन गरिएको थियो । विकास निर्माणको पहिलो साझेदार निर्माण व्यवसायीहरुको नयाँ नेतृत्वमा को आउलान् ? भन्ने चर्चा ब्याप्त छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको माहामारीका कारणले गर्दा निर्माणमा भएको अवरोध, सरकारको निति लगायत कारणले व्यवसायीहरु मारमा परेको अवस्थामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने गरि व्यासायीहरु बीच छलफल भइरहेको निर्माण व्यवसायी संघका अध्यक्ष पशुपति नारायण नकर्मीले जानकारी दिए । संघको नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रेम पण्डित, महासचिब शोभाराम न्यौपाने, कोषाध्यक्ष नविन श्रेष्ठ लगायतको चर्चा छ ।

अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिहँले शनिवार जिल्ला समन्वय समितिको हल खलंगामा गरेका थिए ।
२०५६ सालमा स्थापना भएको निर्माण व्यबसायी संघमा जिल्ला भरका करिब २ सय निर्माण व्यवसायी आवद्ध छन् । लुम्बिनी प्रदेशका सबै जिल्ला सहित अन्य जिल्लाहरुबाट समेत निर्माण व्यवसायीहरु उपस्थिति भई शुभकामना दिएका थिए । साथै जिल्ला स्थित राजनीतिक दल, स्थानीय तहका प्रमुख उपप्रमुख, सरकारी कार्यालय, संघसस्थाका प्रमुख उपप्रमुख सबैलाइ निमन्त्रणा गरिएको संघले जनाएको थियो ।

अधिवेशनको अवसरमा ७० वर्ष उमेर कटेका संघको सस्थागत विकासमा योगदान गरेका ७ जना निर्माण व्यवसायीहरुलाहरु सम्मान गर्ने, १ जना उत्कृष्ट निर्माण व्यवसायी, १ जना सञ्चारकर्मी पुरस्कृत गर्ने साथै ६ जना सञ्चारकर्मीहरुलाइ सम्मान समेत गरिएको थियो । विशेष गरेर संघमा आवद्ध व्यवसायहरुको पेशागत हितको लागि काम गर्दै आएको संघमा आवद्ध भएका निर्माण व्यासायीको मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...