News Portal

रेडियो सुन्नुहोस्

नयाँ नेतृत्वको संघारमा निर्माण व्यवसायी : सर्वदलिय सहमतिका लागि छलफल चल्दै

झुलेनी नेटवर्क २०७८ पुष १८ प्यूठान
१४३२ पटक
२०७८ पुष १८ प्यूठान

निर्माण व्यवसायी संघ प्यूठान नयाँ नेतृत्व चयनको संघारमा जुटेको छ । व्यवसायीहरुको हक–हितको लागि गठन भएको संघको १० औँ साधारण सभा तथा ५ औँ अधिवेशनको उद्घाटन जिल्ला समन्वय समितिको सभाहलमा भएको हो ।

अधिवेशनले आगामि कार्यकालको लागि नयाँ नेतृत्व चयन समेत गर्ने भएकाले व्यवसायीहरु यतिबेला सर्वदलिय सहमतिका लागि छलफलमा जुटेका छन् । आज दिउँसो १ बजेसम्म सर्वदलिय सहमतिका लागि समय तोकिएको छ । त्यसबेलासम्म सहमति नभए निर्वाचन प्रक्रियामा जाने संघले जनाएको छ ।

अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उप–समितिहरु गठन गरिएको थियो । विकास निर्माणको पहिलो साझेदार निर्माण व्यवसायीहरुको नयाँ नेतृत्वमा को आउलान् ? भन्ने चर्चा ब्याप्त छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको माहामारीका कारणले गर्दा निर्माणमा भएको अवरोध, सरकारको निति लगायत कारणले व्यवसायीहरु मारमा परेको अवस्थामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने गरि व्यासायीहरु बीच छलफल भइरहेको निर्माण व्यवसायी संघका अध्यक्ष पशुपति नारायण नकर्मीले जानकारी दिए । संघको नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रेम पण्डित, महासचिब शोभाराम न्यौपाने, कोषाध्यक्ष नविन श्रेष्ठ लगायतको चर्चा छ ।

अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिहँले शनिवार जिल्ला समन्वय समितिको हल खलंगामा गरेका थिए ।
२०५६ सालमा स्थापना भएको निर्माण व्यबसायी संघमा जिल्ला भरका करिब २ सय निर्माण व्यवसायी आवद्ध छन् । लुम्बिनी प्रदेशका सबै जिल्ला सहित अन्य जिल्लाहरुबाट समेत निर्माण व्यवसायीहरु उपस्थिति भई शुभकामना दिएका थिए । साथै जिल्ला स्थित राजनीतिक दल, स्थानीय तहका प्रमुख उपप्रमुख, सरकारी कार्यालय, संघसस्थाका प्रमुख उपप्रमुख सबैलाइ निमन्त्रणा गरिएको संघले जनाएको थियो ।

अधिवेशनको अवसरमा ७० वर्ष उमेर कटेका संघको सस्थागत विकासमा योगदान गरेका ७ जना निर्माण व्यवसायीहरुलाहरु सम्मान गर्ने, १ जना उत्कृष्ट निर्माण व्यवसायी, १ जना सञ्चारकर्मी पुरस्कृत गर्ने साथै ६ जना सञ्चारकर्मीहरुलाइ सम्मान समेत गरिएको थियो । विशेष गरेर संघमा आवद्ध व्यवसायहरुको पेशागत हितको लागि काम गर्दै आएको संघमा आवद्ध भएका निर्माण व्यासायीको मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको संघले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...