News Portal

रेडियो सुन्नुहोस्

सुचनाको हकसम्वन्धि अन्तरक्रिया कार्यक्रम झिमरुक गाउँपालीकामा सम्पन्न

सिखबर संवाददाता२५ असार, प्यूठान
१५६८ पटक
२५ असार, प्यूठान

झिमरुक गाउँपालीकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा सुचनाको हकको प्रचलन र प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम झिमरुक गाँउपालीकाको कार्यलयमा सम्पन्न भएको छ।

सुचनाको हकसम्वन्धि नेपालको कानुनि व्यवस्था, त्यसको प्रचलन र प्रवद्र्धनसम्वन्धि भईरहेका प्रयत्न र महत्ववारेमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीले सहजिकरण गर्नुंभएको थियो।

कार्यक्रममा वोल्दै झिमरुक गाँउपालीकाका अध्यक्ष तिलक वहादुर जि.सी.ले जनताले सुचना मागेको खण्डमा यथासक्य छिटो र सहजतापुर्वक सुचना दिने प्रयत्न गरिएको वताउनु भयो। निवेदन दिएर आधिकारीक रुपमा सुचना माग गर्ने प्रचलन कम रहेको भन्दै जनताले मागेको खण्डमा सुचना उपलव्ध गराउने वताउनु भयो।

कार्यक्रममा सहभागिहरुले सुचनाको हकको कार्यन्वयन शुसासनको निम्ति महत्वपुर्ण रहेको र यसको प्रचारप्रसार टोल वस्तिसम्म गर्नुपर्ने वताए। सुचनाको हकसम्वन्धि सर्वसाधारण नागरिकलाई जानकारीनै नभएको उनिहरुको भनाई छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानाले सुचनाको हकसम्वन्धि केहि अपवादका कुराहरुवाहेक सार्वजनिक निकायले सुचना लुकाउन नहुने वताउनु भयो। सार्वजनिक स्थानको सुचना नागरिकलाई सहज रुपमा उपलव्ध गराउन सकिएमात्र शुसासन कायम राख्न सकिने उहाँले वताउनु भयो।

अध्यक्ष महाविर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजयसिंह भारतिले गर्नुभएको थियो। कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधी, नागरीक समाज, पत्रकार लगायतको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...