News Portal

रेडियो सुन्नुहोस्

सुचनाको हकसम्वन्धि अन्तरक्रिया कार्यक्रम झिमरुक गाउँपालीकामा सम्पन्न

सिखबर संवाददाता२५ असार, प्यूठान
१७२७ पटक
२५ असार, प्यूठान

झिमरुक गाउँपालीकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा सुचनाको हकको प्रचलन र प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम झिमरुक गाँउपालीकाको कार्यलयमा सम्पन्न भएको छ।

सुचनाको हकसम्वन्धि नेपालको कानुनि व्यवस्था, त्यसको प्रचलन र प्रवद्र्धनसम्वन्धि भईरहेका प्रयत्न र महत्ववारेमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीले सहजिकरण गर्नुंभएको थियो।

कार्यक्रममा वोल्दै झिमरुक गाँउपालीकाका अध्यक्ष तिलक वहादुर जि.सी.ले जनताले सुचना मागेको खण्डमा यथासक्य छिटो र सहजतापुर्वक सुचना दिने प्रयत्न गरिएको वताउनु भयो। निवेदन दिएर आधिकारीक रुपमा सुचना माग गर्ने प्रचलन कम रहेको भन्दै जनताले मागेको खण्डमा सुचना उपलव्ध गराउने वताउनु भयो।

कार्यक्रममा सहभागिहरुले सुचनाको हकको कार्यन्वयन शुसासनको निम्ति महत्वपुर्ण रहेको र यसको प्रचारप्रसार टोल वस्तिसम्म गर्नुपर्ने वताए। सुचनाको हकसम्वन्धि सर्वसाधारण नागरिकलाई जानकारीनै नभएको उनिहरुको भनाई छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानाले सुचनाको हकसम्वन्धि केहि अपवादका कुराहरुवाहेक सार्वजनिक निकायले सुचना लुकाउन नहुने वताउनु भयो। सार्वजनिक स्थानको सुचना नागरिकलाई सहज रुपमा उपलव्ध गराउन सकिएमात्र शुसासन कायम राख्न सकिने उहाँले वताउनु भयो।

अध्यक्ष महाविर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजयसिंह भारतिले गर्नुभएको थियो। कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधी, नागरीक समाज, पत्रकार लगायतको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...