News Portal

रेडियो सुन्नुहोस्

दाङमा मरेको भनेर दाहासंस्कार गरिएका व्यक्ति ज्यूदै फेला परेपछी….

सन्तोषकुमार गुप्ता२६ असार, भालुवाङ दाङ
१८३१ पटक
२६ असार, भालुवाङ दाङ

दाङमा अनौठो घटना घटेको छ। मरेको भनेर परिवारले सवको दाहासंस्कार गरेका व्यक्ति ज्यूदै भेटिएका छन्।
देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाट निवासी महेन्द्रप्रसाद चौधरी परिवारको सम्पर्कमा नभएपछी जंगलमा फेला परेको सवलाई उनको भनेर परिवारले दाहासंस्कार गरे।

असार २१ गते राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो। महेन्द्रप्रसादका दाईले आफनो भाईको पनि प्रहरी प्रशासन, भद्रभलाद्मीको रोहवरमा शव बुझेर हिन्दु संकार अनुसार दाहस्कार गर्नुका साथै थारु समुदायले गर्ने काजकिरियाको समेत तयारी गरिएको थियो ।
तर, सव वुझेर दाहासंस्कार गरेका व्यक्ति ४ दिन पछि आइतवार सकुसल फेला परेका छन् । उनी भारतको इटुवामा आइतवार फेला परेका हुन् ।

परिवारका सदस्य तथा आफन्त महेन्द्रको मृत्युको शोकमा थिए। आइतवार लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सुचना पाए पछि उनका दाजु इन्द्रप्रसाद चौधरीलाई खवर गरे। लगक्तै मृत भनिएका महेन्द्रलाई उनका दाजु इन्द्रप्रसाद चौधरीले भारतको इटुवाबाट सकुशल घर ल्याएका छन् ।

भाईको मृत्यूको चिन्तामा रहेका दाजु इन्द्र, घर परिवार र आफन्ती एक्कासी महेन्द्र सकुसल रहेको खवर थाहा पाए पछि अचम्मीत मात्र भएनन् छाँगाबाट खसे जस्तै भएको दाजु इन्द्रले पत्रकार सामु बताए । मत भाई मरैको होला भन्नेमा थिए। भाईको भनेर जंगलमा फेला परेको सव वुझियो । तर एक्कासी सकुसल भएको खवरले अचम्मीत बनायो भने आर्को तर्फ खुसीको सिमा समेत नरहेको दाजु इन्द्रले बताए ।

भाई मृत्यु भईसकेको भनेर अहिले सम्म करिव २५ हजार भन्दा बढी रकम खर्च भएको र शव पहिचान गर्न नसकेका कारण अहिले यस्तो अवस्था आएको इन्द्रले बताए ।

मृत भनिएका महेन्द्र अहिले परिवारमा एक्लै रहेका छन् । श्रीमतीको मृत्यु पछि छोरा समेत बुवाबाट छुटिएर बस्न थाले पछि उनी चिन्ताले बढी मात्रमा मादक पदार्थ सेवन गर्ने गरेका उनी गाउँका केहि व्यक्तिहरु सँग मजदुरी गर्न भनी भारतको इटुवा गएका थिए ।

महेन्द्र भारतमा भेटिएसंगै महेन्द्रको भनेर जलाईएको शव कस्को हो भन्ने विषय थप रहस्यमय वनेको छ। जंगलमा वेवारिसे अवस्थामा फेला परेको शव महेन्द्रको भनि उनका परिवारले वुझेर दाहासंस्कार गरिसकेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...