News Portal

रेडियो सुन्नुहोस्

दाङमा मरेको भनेर दाहासंस्कार गरिएका व्यक्ति ज्यूदै फेला परेपछी….

सन्तोषकुमार गुप्ता२६ असार, भालुवाङ दाङ
१६१३ पटक
२६ असार, भालुवाङ दाङ

दाङमा अनौठो घटना घटेको छ। मरेको भनेर परिवारले सवको दाहासंस्कार गरेका व्यक्ति ज्यूदै भेटिएका छन्।
देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाट निवासी महेन्द्रप्रसाद चौधरी परिवारको सम्पर्कमा नभएपछी जंगलमा फेला परेको सवलाई उनको भनेर परिवारले दाहासंस्कार गरे।

असार २१ गते राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो। महेन्द्रप्रसादका दाईले आफनो भाईको पनि प्रहरी प्रशासन, भद्रभलाद्मीको रोहवरमा शव बुझेर हिन्दु संकार अनुसार दाहस्कार गर्नुका साथै थारु समुदायले गर्ने काजकिरियाको समेत तयारी गरिएको थियो ।
तर, सव वुझेर दाहासंस्कार गरेका व्यक्ति ४ दिन पछि आइतवार सकुसल फेला परेका छन् । उनी भारतको इटुवामा आइतवार फेला परेका हुन् ।

परिवारका सदस्य तथा आफन्त महेन्द्रको मृत्युको शोकमा थिए। आइतवार लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सुचना पाए पछि उनका दाजु इन्द्रप्रसाद चौधरीलाई खवर गरे। लगक्तै मृत भनिएका महेन्द्रलाई उनका दाजु इन्द्रप्रसाद चौधरीले भारतको इटुवाबाट सकुशल घर ल्याएका छन् ।

भाईको मृत्यूको चिन्तामा रहेका दाजु इन्द्र, घर परिवार र आफन्ती एक्कासी महेन्द्र सकुसल रहेको खवर थाहा पाए पछि अचम्मीत मात्र भएनन् छाँगाबाट खसे जस्तै भएको दाजु इन्द्रले पत्रकार सामु बताए । मत भाई मरैको होला भन्नेमा थिए। भाईको भनेर जंगलमा फेला परेको सव वुझियो । तर एक्कासी सकुसल भएको खवरले अचम्मीत बनायो भने आर्को तर्फ खुसीको सिमा समेत नरहेको दाजु इन्द्रले बताए ।

भाई मृत्यु भईसकेको भनेर अहिले सम्म करिव २५ हजार भन्दा बढी रकम खर्च भएको र शव पहिचान गर्न नसकेका कारण अहिले यस्तो अवस्था आएको इन्द्रले बताए ।

मृत भनिएका महेन्द्र अहिले परिवारमा एक्लै रहेका छन् । श्रीमतीको मृत्यु पछि छोरा समेत बुवाबाट छुटिएर बस्न थाले पछि उनी चिन्ताले बढी मात्रमा मादक पदार्थ सेवन गर्ने गरेका उनी गाउँका केहि व्यक्तिहरु सँग मजदुरी गर्न भनी भारतको इटुवा गएका थिए ।

महेन्द्र भारतमा भेटिएसंगै महेन्द्रको भनेर जलाईएको शव कस्को हो भन्ने विषय थप रहस्यमय वनेको छ। जंगलमा वेवारिसे अवस्थामा फेला परेको शव महेन्द्रको भनि उनका परिवारले वुझेर दाहासंस्कार गरिसकेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...