News Portal

रेडियो सुन्नुहोस्

तेलको मूल्य समायोजनपछि पाक्षिक १ अर्ब ८८ करोड घाटामा निगम

झुलेनी नेटवर्क२०७८ माघ ६
७११ पटक
२०७८ माघ ६

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक ९१५ दिनको० घाटा १ अर्ब ८८ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरेको छ ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा नोक्सानी छ । त्यस्तै डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा नाफा तथा वाह्य हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ नाफा रहेको छ ।

निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । यी सबै इन्धनको आगामी १५ दिनको खपत प्रक्षेपणअनुसार निगमले घाटा रकम अनुमान गरेको हो । भारतीय सीमावर्तीको तुलनामा नेपालतर्फ वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुैपैयाँ, डिजेल २८ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ सस्तो रहेको निगमको दावी छ ।

निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । यो मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धनमा पनि मूल्य बढाइएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...