News Portal

रेडियो सुन्नुहोस्

डिला र राजुलाई राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको उपाधि

सिखबर संवाददाता
८६१ पटक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल र सास्कृतिक सस्थान नाच घरको सयुक्त आयोजनामा असार २६ गतेदेखि सुरु भएको राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साझले प्राप्त गरेको छ ।

प्रथम हुने नगरकोटका कलाकारहरुले जम्मा ७११ र दोस्रो हुने गामवेशी दोहोरी साझका कलाकारहरुले ७०५ अङ्क प्राप्त गरेका थिए ।

त्यस्तै गामवेसी दोहोरी साझ दोस्रो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा रोल्पा तेस्रो र बढीगाढ समुहले चौथो स्थान हासिल गरेको छ ।

तेस्रो हुने प्रतिष्ठान रोल्पाका कलाकारले ७३२ अङ्क र बढिगागाढ समुहका कलाकारले ७३० अङ्क प्राप्त गरेका थिए ।

बिजेताहरुले क्रमशः एकलाख, ५० हजार, २५ हजार र चौथो हुनेले १० हजार नगद सहित मेडल प्राप्त गरेका छन । प्रतियोगितामा देशभरबाट १७ समुहले भाग लिएको आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि एवम वरिष्ठ कलाकार नारायण रायमाझीले बिजेताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सस्थापक अध्यक्ष अमर विरही गुरुङ, कलाकर्मी पृथ्वी थकाली, सस्थानका महाप्रबन्धक राजेश थापा, प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजिले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...