News Portal

रेडियो सुन्नुहोस्

डिला र राजुलाई राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको उपाधि

सिखबर संवाददाता
१०३५ पटक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल र सास्कृतिक सस्थान नाच घरको सयुक्त आयोजनामा असार २६ गतेदेखि सुरु भएको राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साझले प्राप्त गरेको छ ।

प्रथम हुने नगरकोटका कलाकारहरुले जम्मा ७११ र दोस्रो हुने गामवेशी दोहोरी साझका कलाकारहरुले ७०५ अङ्क प्राप्त गरेका थिए ।

त्यस्तै गामवेसी दोहोरी साझ दोस्रो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा रोल्पा तेस्रो र बढीगाढ समुहले चौथो स्थान हासिल गरेको छ ।

तेस्रो हुने प्रतिष्ठान रोल्पाका कलाकारले ७३२ अङ्क र बढिगागाढ समुहका कलाकारले ७३० अङ्क प्राप्त गरेका थिए ।

बिजेताहरुले क्रमशः एकलाख, ५० हजार, २५ हजार र चौथो हुनेले १० हजार नगद सहित मेडल प्राप्त गरेका छन । प्रतियोगितामा देशभरबाट १७ समुहले भाग लिएको आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि एवम वरिष्ठ कलाकार नारायण रायमाझीले बिजेताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सस्थापक अध्यक्ष अमर विरही गुरुङ, कलाकर्मी पृथ्वी थकाली, सस्थानका महाप्रबन्धक राजेश थापा, प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजिले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...