News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झुलेनी नेटवर्कमाघ १६
९०६ पटक
माघ १६

प्युठानमा मोटरसाइकल दुर्घट्ना हुँदा आइतबार दिउँसो एकको मृत्यु भएको छ । प्युठानको माण्डवि गाउपालिका –३ लामाचौरमा रा ५ प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

थापाका अनुसार खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । दाङको भालुबाङबाट रोल्पातर्फ जाँदैगरेको ना ४ ख ३९९६ नम्बरको यात्रुबाहक बससँग साँघुरो बाटोमा जम्काभेट भएपछि नियन्त्रण गर्न नसक्दा मोटरसाइकल नालीमा परेर दुर्घटना भएको स्थानीयले बताए ।

बस र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै जस्पुर– भिङ्री सडकमा यातायात अवरुद्ध गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...