News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झुलेनी नेटवर्कमाघ १६
१०५४ पटक
माघ १६

प्युठानमा मोटरसाइकल दुर्घट्ना हुँदा आइतबार दिउँसो एकको मृत्यु भएको छ । प्युठानको माण्डवि गाउपालिका –३ लामाचौरमा रा ५ प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

थापाका अनुसार खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । दाङको भालुबाङबाट रोल्पातर्फ जाँदैगरेको ना ४ ख ३९९६ नम्बरको यात्रुबाहक बससँग साँघुरो बाटोमा जम्काभेट भएपछि नियन्त्रण गर्न नसक्दा मोटरसाइकल नालीमा परेर दुर्घटना भएको स्थानीयले बताए ।

बस र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै जस्पुर– भिङ्री सडकमा यातायात अवरुद्ध गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...