News Portal

रेडियो सुन्नुहोस्

व्यङ्ग्य विशेष : प्रेम दिवस

सरद विष्ट२०७८ फागुन २
१९२६ पटक
२०७८ फागुन २

प्रसङ्ग प्रेम दिवसको !
मैले प्रेमलाई नै जीवन ठानेँ ।
तिमी प्रेमलाई के ठान्यौं?
उसले भनी, “धत् प्रेम पनि कहि जीवन हो ?”
अलि मुख बिगार्दै फेरि भनी ‘जीवन पो प्रेम हो त ।’
‘कसरी?’

उसले भनी–जीवन नभए कसरी प्रेम हुन्छ ?
उसको प्रश्नले मलाई धेरै भावुक बनायो ।
मैले बुझेको कुरा,
सच्चा प्रेम नै जीवनको दस्तावेज हो ।

उसले निकै गम्भीर भएर सोधी, ‘तिमीलाई प्रणय दिवस के हो थाहा छ ?’
म त सबै भोगेको मान्छे त्यत्ति एउटा प्रणय दिवसको बारेमा थाहा नपाउनु !
उ खिस्स हाँसी र भनि, के मलाई माया गछौं ?
उसको प्रश्न भुईमा खस्न नपाउदै मैले जवाफ दिए–
मेरो मायामा अझ प्रेमको लेखाजोखा ?
उसका दुवै ओठहरु हाँसे ।

मैले लेखेको कविता ‘मृत्युको जित’ सुनाएँ ।
उ निकै भावुक भई
हेर ! यही कवितामा म विद्यालयमा प्रथम भएको थिए ।
उसले सोधी– को हुन रोमियो एण्ड जुलेट ?
मैले मनमनै भने अंग्रजी नपढेकी मान्छे ?
तिनीहरु प्रेममा संसार जितेका मान्छे हुन ।
उसले कुरो अन्तै मोडी ।
यसपालिको प्रणय दिवस कसरी मनाउछौं ?
प्रश्न आफैमा चित्कार अनि रोदन पनि थियो ।
म त्यहाँवाट हिँडे ।

व्यस्त बजारको भिडभाडमा,
तरुना तन्नेरी फूलहरु किन्दै आदान प्रदान गर्दै थिए ।
मलाई पनि एउटा गिफ्ट पसलमा पुग्नु थियो ।
गिफ्ट पसल छिचोल्दा छिचोल्दै एक भव्य गिफ्ट पसलमा पुगेँ ।
पसलेलाई भ्याई नभ्याई थियो, फूलहरु बेच्न ।
युवा–युवतीहरु गिफ्ट छान्न व्यस्त थिए ।
सबै आ–आफ्नो धुनमा थिए ।
कसैलाई कसैको प्रवाह थिएन ।
म पनि त्यही भिड्भाडमा थिए ।
अनि अलि पर कुनामा एउटी सून्दर युवती थिई ।
उसको हातमा फूलहरु थिए ।
म नजिक गएर यि फूलहरु कस्का लागि भनेर सोधेँ ।
उ झर्किएर बोलि, तिमलाई के सरोकार !
सरोकार त होइन त्यही पनिआज प्रेम दिवस ।
संसारभरका मान्छेहरुसँग माया, प्रेम र सद्भाव देखाउने दिन हो ।
आफूलाई कत्रो चोट परेको छ, उसले भनि ।
के को चोट ? मलम लगाएर घाउ निको बनाउनु पर्छ ।
अन्यथा चोट माथि चोट बल्झन्छ मैले जवाफ दिएँ ।
उ खिस्स हाँसी र सोधी, तिम्रो नाम के हो ?
मेरो नाम प्रेम हो ।
वा ! कस्तो राम्रो नाम ? उसले फेरि सोधी तिम्रो घर कहाँ हो ?
मेरो घर हिमालमा पर्छ, जहाँ सेता हिमालहरु छन् ।
अनि सहरमा किन आएको ? उसले सोधी
आज शहरमा आउने रहर होइन, बवध्यता छ ।
सुन ! म भन्छु ।
म साच्चै प्रेम दिवसको नारा लगाउन आएको हुँ ।
बाउले छोरीलाई बलात्कार, दाईले बहिनीलाई बलात्कार
चोरी, लुट्पाट, हत्या हिंसा, भष्ट्राचार गरिबी के के हो ?
देश स्तब्ध छ ।
देशको घाउ र तिम्रो प्रेमको घाउ फरक कुरा हुन् ।
उसले नबुझे जस्तो गरी ।
मतलब मेरो कुरा बुझ्न उसको ध्यान गएन ।
ए ! ए !! छोडिदेउ म भन्दै थिएँ ।
ल ! ल !! मेरो प्रेम दिवसको सन्देश सुन्छौ ?
उ सुन्न आत्तुर थिई ।

मैले खर्रर वाचन गरे ।
तिमी, को हौ तिमी ? के भनु म तिमीलाई ?
तिमी जीवनको अर्थ, तिमी नै जीवन,
तिमी सास, तिमी मुटु, तिमी नै धड्कन ।
जीवन भन्दा माथी प्यार छ तिम्रो,
मेरो हर सासमा अधिकार छ तिम्रो ।
त्यो चन्द्रमा , ती तारा,
यो नदि तिमी छ्यौ र त सब छन्,
त्यो तिम्रो मुस्कान म जीउनुको कारण ।
हर क्षण तिम्रो लागि मेरो प्यारको उपहार हुनेछ ।
र त्यति बेलासम्म मेरा आँखामा तिम्रो प्यार हुनेछ ।
जबसम्म समुन्द्रको पानी गुलियो हुदैन,
जब सम्म कोइलीको आवाज नमिठो हुदैन,
जबसम्म हिराले आफ्नो चमक छाड्दैन,
र यी सब हुन असम्भव छ,
त्यसैले मैले तिमीलाई भुल्न असम्भव छ ।
यी हर पहर उसलाई खुब घत् लाग्यो ।
उसको मोबाईलमा कपि गर्न खोजी रहेकी थिई ।
तिमी त खतरा साहित्यकार रहेछौं, उसले भनि ।
म शीर ठाडो पारे ।

उसले दिएको तक्मा जोगाउनु थियो ।
झमक्क साँझ पर्दै थियो ।
बजारको रौनक अर्कै थियो ।
तरुना तन्देरी सबै आ–आफ्नो धुनमा व्यस्त थिए ।
सबैको अभिसाय प्रेम प्रतिको मोह थियो ।
मैले पनि झट्ट सम्झिएँ श्रीमतीको लागि आज के कोशेली ?
गिफ्टहरु सोचे भन्दा पनि महङ्गा थिए ।
गिफ्टहरु छान्दा छान्दै निकै अबेर भइसकेको थियो ।
म निकै हतारमा थिए ।
उसले अझै प्रेम लिलाका कुरा सुन्न खोजिरहेकी थिई ।
अब म समयमै घर पुग्नुपर्छ भन्ने निधो गरे ।
गिफ्टहरु पनि किन्न सकिएन ।
रित्ता हातहरु र अधेरो झिसमिसे साँझ लिएर
प्रेम दिवस मनाउन घर फर्किएँ ।।

स्वर्गद्वारी न.पा.–३, प्युठान

२०७८ माघ २८ गते

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...