News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा नौबहीनीमा २ दिने एकृकित जनस्वास्थ्य अभियान शिविर

तेजेन्द्र बि. एम.२०७८ फागुन ३
१४६० पटक
२०७८ फागुन ३

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा नौबहिनी गाउँपालिका –६, लुङ बाहानेमा एकृकित जनस्वास्थ्य अभियान शिविर सुरु भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र नौबहिनी गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिएको हो ।

शिविरमा गाउँपालिका भित्रका ८ वटै वडाका नागरीकले सेवा लिन पाउने छन् । उक्त शिविरमा फिस्टुला तथा पाठेघर मुखको क्यानसर, संङकास्पद कुष्टरोग, क्षयरोग, उच्च रक्तचाप र मधुमेहका बिरामीहरुलाई चेकजाच गरिएको छ ।

शिविर सञ्चालनको पहिलो दिन २ सय १३ जनाले सेवा लिएका छन् । जसमा ५३ जना पुरुष र १ सय ६० जना महिला रहेका छन् । पाठेघर सम्बन्धी समस्या भएका महिलाका लागि महिला विशेषज्ञद्धारा सेवा दिईएको शिविरमा संग्लन डाक्टर पारुल खड्काले जानकारी दिएका छन् ।

चेकजाच गराएका मध्ये २ जना महिलाहरुकोे पाठेघरमा गम्भिर खालको समस्या देखिएको पनि खड्काले झुलेनी पोष्टलाई जानकारी दिए ।
दुर्गम ठाउँमा पनि स्वास्थ्य सेवाको पहुच पु¥याउने उद्देश्यले शिविर संचालन गरिएको हो ।

यो संगै शिविर सञ्चालनको पहिलो दिनमा ४४ जनाले कोभिड —१९ बिरुद्धको पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...