News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने

३ वटा वडामा उक्त शिविर सम्पन्न

सुजाता थापा क्षेत्री २०७८ फागुन ७
९१६ पटक
२०७८ फागुन ७

सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिकाको पशु सेवा शाखा बड्डाँडाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पालिकामा पशु स्वास्थ्य घुम्ती शिविर संचालन गरिने भएको हो ।

विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपन्क्षीपालक कृषकहरुको पशुपन्क्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षति न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको पशु सेवा शाखा प्रमुख केशव गिरीले जानकारी दिए ।

शिविर फागुन ८ गते वडा नं १ झिलिवाङ, १० गते वडा नं २ को तमु ल्होसार मञ्च र १२ गते वडा नं ३ को सजिकोटमा संचालन हुने भएको छ ।
उक्त शिविरबाट पशुपन्क्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औषधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बहर एवं अन्य बोकाहरुको बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाजोपनको उपचार र पशुपन्क्षीपालन सम्बन्धी परामर्श आदि सेवाहरु प्रदान गरिने भएको गिरीले जानकारी दिए ।

सोही कार्यक्रम अनुरुप माघ २६ गते वडा नं ५ जस्पुरमा राखिएको निःशुल्क घुम्ती पशु स्वास्थ्य शिविरमा १ सय ७९ जना पशुपन्क्षीपालक तथा कृषकको ४ हजार ३ सय १२ वटा पशुपक्षीहरुलाई सेवा प्रदान गरेको थियो ।

उक्त शिविरले फाल्गुन १ गते वडा नं ६ भिंग्रीखोलामा ६१ कृषकका ९ सय ४८ पशुपन्क्षी र फागुन ३ गते वडा नं ४ को ५४ कृषकका १ हजार ३ सय १२ वटा पशुपन्क्षीहरुलाई निःशुल्क सेवा प्रदान गरेको प्रमुख गिरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...