News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्युठानको अध्यक्षमा कुवर निर्वाचित

तेजेन्द्र बि. एम.२०७८ फागुन २०
१८९७ पटक
२०७८ फागुन २०

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको एघारौं साधारण सभा एवं पाचौं अधिवेशनबाट अध्यक्षमा जुद्ध बहादुर कुवर निर्विरोध निर्वाचित भएका छन् ।
साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन सुचना केन्द्रको समेत समुद्घाटन गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य क्षेत्र नं. १ का सांसद हरि रिजालको प्रमुख आतिथ्यतामा खुल्ला सत्र तथा सुचना केन्द्रको उद्घाटन गरिएको हो । अधिवेशनबाट अध्यक्षमा कुवर निर्वाचित भएसङ्गै बरिस्ठ उपाध्यक्षमा दिलाराम सुवेदी, द्वितीय उपाध्यक्षमा भुपेन्द्र श्रेष्ठ, पर्यटन तर्फ उपाध्यक्ष वसन्त प्रसाद भण्डारी, महासचिव लिलाधर न्यौपाने, सचीव गिरिराज अधिकारी, कोषाध्यक्ष खेमराज बस्नेत, सहसचिव वसन्त राज पोख्रेल, सहकोषाध्यक्ष सञ्जय कुमार श्रेष्ठ र बरिस्ठ सदस्यमा जनक के. सि. निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कमला नकर्मी, चित्र गिरी, तारा योगि, वसन्त श्रेष्ठ, जनक बहादुर के. सी., रामचन्द्र भण्डारी, नारायण प्रसाद श्रेष्ठ, रेशम श्रेष्ठ, जगन्नाथ श्रेष्ठ, विष्णु के. सी., प्रमोद श्रेष्ठ र रमेश राना चयन भएका छन् ।
‘‘होटल, पर्यटन, कृषि, उद्योग र व्यापार, खुशी नेपाली समृद्ध नेपालको मुख्य आधार’’ भन्ने मुल नाराका साथ होटल व्यवसायी संघको अधिवेशन खुल्ला शत्रको कार्यक्रम संगै पर्यटन सुचना केन्द्रको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले होटल व्यवसायीहरुले आमा र बुबाको न्यानो मायालाई बिर्साइदिने भएकोले आमा र बुबाकै सम्मान होटल व्यवसायीकर्मिहरुलाई आफुले बताएका थिए । पर्यटक र व्यवसायीकर्मीहरुको पारस्पारिक सम्बन्ध हुने भएकोले सिङ्गो जिल्लाको विकासको लागि आफु सदैव सकारात्मक हुने समेत रिजालले बताएका छन् । साथै कार्यक्रममा विशेष अतिथिको रुपमा होटल व्यवसायी महासंघ नेपालका सचिव चन्द्रलाल न्यौपाने, प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपती लगायतका अतिथिहरुले होटल व्यवसाय विकासको अधार भएको बताएका छन् । होटल ब्यवसायीहरु पर्यटकको पहिलो आधार भएकोले पर्यटकिय क्षेत्रमा थप व्यवस्थापनका साथ व्यवसायीमा लाग्नु पर्ने वक्ताहरुको भनाई थियो ।
होटल व्यवसायी संघका अध्यक्ष गुञ्ज बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका संचालन संघका महासचिव बसन्त प्रसाद भण्डारीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...