News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

तेजेन्द्र बि. एम.२०७८ फागुन २७
६२५ पटक
२०७८ फागुन २७

प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले सहजीकरण गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधीकृत महेश कुमार गुरुङ्गले प्रगति प्रतिवेदन पेश गरेका थिए । सहजिकरणको क्रममा संकलन गरिएका नागरिक प्रतिवेदन र वहिर्गमन प्रतिवेदन महासंघका कोषाध्यक्ष प्रज्वल पहाडीले गरेका थिए ।

सार्वजनिक सुनुवाइका क्रममा प्यूठान नगरपालिकाका नागरिकले फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बाग्दुलामा रहेको तरकारी तथा फलफुल संकलन केन्द्र संचालनमा किन आएन ? नागरिक सहायता कक्ष (हेल्प डेस्क) सुचारु गर्नुपर्ने, योजनाका सार्वजनिक सुनुवाइ किन हुन्न ? सार्वजनिक सुचना बोर्ड फोटो खिच्नको लागि मात्र राखिन्छ, यसको जवाफदेही हुने निकाय कुन हो ? २० युनिट सम्म विद्युत महसुल २ महिना मात्र तिरेर किन रोकियो ? लगायतका प्रश्नहरु राखेका थिए ।

नागरिक प्रतिवेदन, वर्हिगमित प्रतिवेदन र सार्वजनिक सुनुवाईको क्रममा उठेका प्रश्न र गुनासोहरुको जवाफ पालैसंग नगरप्रमुख अर्जुनकुमार कक्षपती, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ्ग, सम्बन्धित वडा अध्यक्षले दिएका थिए । प्रतिवेदन पेश गर्दै गुरुङ्गले हालसम्म ३३.४८ प्रतिशत बजेट खर्च भएको र ९० प्रतिशत योजनाहरु सम्झौता भएको बताएका छन् । सार्वजनिक सुनुवाइमा आएका प्रश्नको जवाफ दिदै कक्षपतिले गत वर्षको सो मुल्यांकनमा ६३ प्रतिशतबाट ७३ प्रतिशत पुगेर सफलता मिलेको र यो आ.व. मा योजनाका कामहरुको परिणाम राम्रो भएकाले यसपालि पनि जिल्लाको सबै स्थानीय तह मध्य उत्कृष्ट नगरपालिका हुने विश्वास लिएको बताएका छन् ।

सार्वजनिक सुनुवाइको क्रममा उठेका प्र्रश्न र गुनासोहरुलाई छनोट गरि पत्रकार महासंघले नगरपालिकालाई नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न, सार्वजसिनक स्थलहरुमा १ महिना भित्र सम्बन्धित पक्षसंग छलफल गरि फोहोरमैला व्यवस्थापन गर्न, प्रत्येक योजनाका सम्पुर्ण विवरण सहितको सुचना पाटी सम्बन्धित ठाउँ र काम सुरु हुनु अगावै राख्नको लागि नगरपालिकाले ध्यान दिन, प्रदेश स्तरीय आयोजनाका विषयमा नगरपालिकाको दायित्व र भुािमकाबारे प्रष्ट पार्न समेत ध्यानाकर्षण गराएको छ ।

नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका कोषाध्यक्ष प्रज्वल पहाडीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा...