News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

तेजेन्द्र बि. एम.२०७८ फागुन २७
११९५ पटक
२०७८ फागुन २७

प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले सहजीकरण गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधीकृत महेश कुमार गुरुङ्गले प्रगति प्रतिवेदन पेश गरेका थिए । सहजिकरणको क्रममा संकलन गरिएका नागरिक प्रतिवेदन र वहिर्गमन प्रतिवेदन महासंघका कोषाध्यक्ष प्रज्वल पहाडीले गरेका थिए ।

सार्वजनिक सुनुवाइका क्रममा प्यूठान नगरपालिकाका नागरिकले फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बाग्दुलामा रहेको तरकारी तथा फलफुल संकलन केन्द्र संचालनमा किन आएन ? नागरिक सहायता कक्ष (हेल्प डेस्क) सुचारु गर्नुपर्ने, योजनाका सार्वजनिक सुनुवाइ किन हुन्न ? सार्वजनिक सुचना बोर्ड फोटो खिच्नको लागि मात्र राखिन्छ, यसको जवाफदेही हुने निकाय कुन हो ? २० युनिट सम्म विद्युत महसुल २ महिना मात्र तिरेर किन रोकियो ? लगायतका प्रश्नहरु राखेका थिए ।

नागरिक प्रतिवेदन, वर्हिगमित प्रतिवेदन र सार्वजनिक सुनुवाईको क्रममा उठेका प्रश्न र गुनासोहरुको जवाफ पालैसंग नगरप्रमुख अर्जुनकुमार कक्षपती, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ्ग, सम्बन्धित वडा अध्यक्षले दिएका थिए । प्रतिवेदन पेश गर्दै गुरुङ्गले हालसम्म ३३.४८ प्रतिशत बजेट खर्च भएको र ९० प्रतिशत योजनाहरु सम्झौता भएको बताएका छन् । सार्वजनिक सुनुवाइमा आएका प्रश्नको जवाफ दिदै कक्षपतिले गत वर्षको सो मुल्यांकनमा ६३ प्रतिशतबाट ७३ प्रतिशत पुगेर सफलता मिलेको र यो आ.व. मा योजनाका कामहरुको परिणाम राम्रो भएकाले यसपालि पनि जिल्लाको सबै स्थानीय तह मध्य उत्कृष्ट नगरपालिका हुने विश्वास लिएको बताएका छन् ।

सार्वजनिक सुनुवाइको क्रममा उठेका प्र्रश्न र गुनासोहरुलाई छनोट गरि पत्रकार महासंघले नगरपालिकालाई नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न, सार्वजसिनक स्थलहरुमा १ महिना भित्र सम्बन्धित पक्षसंग छलफल गरि फोहोरमैला व्यवस्थापन गर्न, प्रत्येक योजनाका सम्पुर्ण विवरण सहितको सुचना पाटी सम्बन्धित ठाउँ र काम सुरु हुनु अगावै राख्नको लागि नगरपालिकाले ध्यान दिन, प्रदेश स्तरीय आयोजनाका विषयमा नगरपालिकाको दायित्व र भुािमकाबारे प्रष्ट पार्न समेत ध्यानाकर्षण गराएको छ ।

नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका कोषाध्यक्ष प्रज्वल पहाडीले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...