News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावमा नवजात शिशुको उपचार हुन सकेन परिवार चिन्तीत

बोम बहादुर परियार२०७८ चैत ०६ प्यूठान
१४२० पटक
२०७८ चैत ०६ प्यूठान

प्युठान , मल्लरानी गाउँपालिका १ सोल्हाल्ना ठुलाचौर माइतिघर भएकी २२ वर्षिया पुजाँ राहु मगरलाई सुत्केरी व्यथा लागेर आईतबार विहान प्यूठान अस्पतालमा ल्याईयो । उनलाई भिडियो एक्स–रे गरी हेर्दा पेटमा बच्चाको टाउको ठुलो देखियो । प्युठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर सौरव श्रेष्ठले बच्चाको दिमागमा पानी जमेको (हाईड्रोकिफ्यालस) रोग देखिए पछि बच्चालाई शल्यक्रिया मार्फत निकाल्नु पर्ने बताए ।
गर्भमा रहेको बच्चालाई आइतबार दिउसो सल्यक्रिया मार्फत बाहिर निकालिएको थियो ।

सफल सल्यक्रिया भए पनि बच्चाको स्वास्थ्य अवस्था कमजोर भएको हुँदा बच्चालाई बाहिर लग्नु पर्ने उपचारमा संलग्न डाक्टर सन्तोस केसीले बताएका छन । बच्चाको टाउकोको नसामा पानी जमेको हुदा टाउको फुल्लीएको छ जसको उपचार काठमाण्डौ स्थित शिक्षण अस्पताल महाराजगञ्जमा हुँने डाक्टर केसीले बताए ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुदाँ बच्चालाई अहिले प्यूठान अस्पतालमा राखिएको छ । बच्चा दुइमहिनाको गर्भमा हँुदा बुबाको मृत्यु भएको थियो । श्रीमानको मृत्यु भए पछी पुजा माइति घरमा आमासंगै बस्दै आएकी छिन् । विवाह गरेको ३ महिना नवित्दै पुजाले श्रीमान गुमाउन परेको थियो । आलो घाउ सेलाउन नपाउदै जन्मीएको बच्चामा यस्तो समस्या देखा परेपछि परिवारनै चिन्तीत बनेको छ ।

अहिले हामीसंग एक रुपैया छैन बच्चाकी मावलकी हजुरआमा जीपा राहुँले आसु पुछ्दै भनिन “ डाक्डरले काठ्माण्डौ लैजाने भन्नु भएको छ हामी संग पैसा छैन गुल्मीमा घर परिवारलाई जानकारी गराएको तर कुनै वास्ता गरेका छैनन् छोरीको पीडा सहनै गाह्रो भएको छ । ” आर्थिक अवस्था निकै कमजोर हुँदा बाहिर जानको लागि समस्या भएको बताउदै राहुँले बच्चाको उपचारका लागि सहयोग अपिल गरेकी छिन् । सल्यक्रियामा संलग्न डाक्टर केसीले बच्चाको उपचारका लागि २ लाख खर्च लाग्ने अनुमान गरिएको बताए ।
कसैले सहयोग गर्न चाहेमा बच्चाको मावलकी हजुर आमा जिपा राहँु को सम्पर्क नम्बर ९८६७५०७६६१ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...