News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ९ सय २१ जना उम्मेदवार प्रतिस्पर्धा गर्दै

झुलेनी पोष्टवैशाख १७,
१७५० पटक
वैशाख १७,

प्यूठान — बैशाख ३० गते हुने स्थानीय तहको निवार्चनका लागि उमेद्वारी दिएका उमेद्वारहरको अन्तीम नामावली सार्वजनिक गरिएको छ । िविभन्न पदमा ९ सय २१ जनाको नामावली सार्वजनिक भएको हाे

निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली शनिवार प्रकाशन गरेको छ   आयोगका अनुसार  नौ स्थानिय तहको प्रमुखका लागि ४१ जना चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख राजन श्रीवास्तवले जानकारी दिए । । प्रमुख वा उध्यक्षका लागि प्यूठान नगरपालिकामा ४ स्वर्गद्वारी नगरपालिकामा ६, झिमरुक गाउँपालिकामा ५ र नौबहिनी गाउँपालिकामा ४ जनाको अन्तिम नामावली प्रकाशन गरिएको श्रीवास्तवले बताए ।

गौमुखी गाउँपालिकामा ६, सरुमारानी गाउँपालिकामा ४, ऐरावती गाउँपालिकामा ३, मल्लरानी गाउँपालिकामा र्२ र माण्डवी गाउँपालिकामा ७ जनाले प्रतिस्पर्धा गर्ने छन् । उपप्रमुख तथा उपाध्यक्षका लागि नौ स्थानीय तहमा २८ जनाको नामावली प्रकाशन गरिएको छ । ३१ जनाले मनोनयन दर्ता गराएको भएपनि तीन जनाले भने हिजो उम्मेदवारी फिर्ता लिएका थिए । ४५ जनाले प्रमुखमा उम्मेदवारी दर्ता गराएकोमा चार जनाले उम्मेदवारी फिर्ता गराएका छन् ।

त्यस्तै १सय ९८ जनाले ६४ वडाका लागि प्रतिस्पर्धा गर्दै छन् । २सय २२ जनाले उम्मेदवारी दर्ता भएता पनि २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता गराएको श्रीवास्तवले बताए ।
प्यूठान नगरपालिकामा सबै पदका लागि १सय ४८, स्वर्गद्वारी नगरपालिकामा १सय ११, नौबहिनी गाउँपालिकामा १सय १२, झिमरुक गाउँपालिकामा १सय ९, गौमुखी गाउँपालिकामा १सय ३१, सरुमारानी गाउँपालिकामा ६७, ऐरावती १सय १, मल्लरानी ७५ र माण्डवी गाउँपालिकामा ६७ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ । नामावली प्रकाशन संगै दलहरुहले चुनावी अभियान गाउँ गाउँमा पु¥याएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...