News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ९ सय २१ जना उम्मेदवार प्रतिस्पर्धा गर्दै

झुलेनी पोष्टवैशाख १७,
१९४८ पटक
वैशाख १७,

प्यूठान — बैशाख ३० गते हुने स्थानीय तहको निवार्चनका लागि उमेद्वारी दिएका उमेद्वारहरको अन्तीम नामावली सार्वजनिक गरिएको छ । िविभन्न पदमा ९ सय २१ जनाको नामावली सार्वजनिक भएको हाे

निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली शनिवार प्रकाशन गरेको छ   आयोगका अनुसार  नौ स्थानिय तहको प्रमुखका लागि ४१ जना चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख राजन श्रीवास्तवले जानकारी दिए । । प्रमुख वा उध्यक्षका लागि प्यूठान नगरपालिकामा ४ स्वर्गद्वारी नगरपालिकामा ६, झिमरुक गाउँपालिकामा ५ र नौबहिनी गाउँपालिकामा ४ जनाको अन्तिम नामावली प्रकाशन गरिएको श्रीवास्तवले बताए ।

गौमुखी गाउँपालिकामा ६, सरुमारानी गाउँपालिकामा ४, ऐरावती गाउँपालिकामा ३, मल्लरानी गाउँपालिकामा र्२ र माण्डवी गाउँपालिकामा ७ जनाले प्रतिस्पर्धा गर्ने छन् । उपप्रमुख तथा उपाध्यक्षका लागि नौ स्थानीय तहमा २८ जनाको नामावली प्रकाशन गरिएको छ । ३१ जनाले मनोनयन दर्ता गराएको भएपनि तीन जनाले भने हिजो उम्मेदवारी फिर्ता लिएका थिए । ४५ जनाले प्रमुखमा उम्मेदवारी दर्ता गराएकोमा चार जनाले उम्मेदवारी फिर्ता गराएका छन् ।

त्यस्तै १सय ९८ जनाले ६४ वडाका लागि प्रतिस्पर्धा गर्दै छन् । २सय २२ जनाले उम्मेदवारी दर्ता भएता पनि २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता गराएको श्रीवास्तवले बताए ।
प्यूठान नगरपालिकामा सबै पदका लागि १सय ४८, स्वर्गद्वारी नगरपालिकामा १सय ११, नौबहिनी गाउँपालिकामा १सय १२, झिमरुक गाउँपालिकामा १सय ९, गौमुखी गाउँपालिकामा १सय ३१, सरुमारानी गाउँपालिकामा ६७, ऐरावती १सय १, मल्लरानी ७५ र माण्डवी गाउँपालिकामा ६७ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ । नामावली प्रकाशन संगै दलहरुहले चुनावी अभियान गाउँ गाउँमा पु¥याएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...