News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा सवै पालिकाको मतगणना सकियो, ६४ वडाको विवरण सहित

मधुसुधन पाेख्रेलजेठ 4
८४६ पटक
जेठ 4

प्यूठान स्थानीय तहको निर्वाचनमा जिल्लाको ९ पालिका र ६४ वडाको नतिजा सार्वजनीक भएको छ । जिल्लामा ९ पालिका मध्य एमाले ले नौबहिनी र सरुमारानी , नेपालि काङग्रेस ले गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका जित हासिल गरेको छ भने माओवादी केन्द्रले प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकामा जित हासिल गरेको छ ।
प्यूठान नगरपालिकामा माओवादी केन्द्रका विष्णु योगी नगरप्रमुखमा निर्वाचित भएका छन भने उप प्रमुखमा नेपाली कङग्रेसका देवन्द्र बर्मा निर्वाचित भएका छन । त्यस्तै वडा पालिकामा १ मा साधना रावत नेपाली काङग्रेस , २ मा मोहन विष्ट ने.का ,३ मा सुमन श्रेष्ठ मा.के,४ मा रेशम कार्की एमाले, ५ मा नन्द राम पुन राजमो ,६ मा एन पी मगर ने.का, ७ मा नेत्र बहादुर के सी ने.का, ८ मा पदम बहादुर थापा उमाले , ९ विकास के सी मा.के र १० मा लोक बहादुर के सी स्वतन्त्र विजयी भएका छन ।
त्यस्तै स्वर्गद्धारी नगरपालिकामा नगर प्रमुखमा टेक प्रसाद भण्डारी ने.का बाट विजयी भएका छन भने उप प्रमुखमा राजमोका मिन राज रानामगर विजयी भएका छन । वडा पालिकामा भने १ मा मा. के का मेघ राज जिसी, २ मा राजमो का बुद्दिराम पुन, ३ मा एमाले का कृष्ण रोका , ४ मा नेका का सुमन श्रेष्ठ , ५ ने का का गिर बहादुर घर्ती मगर , ६ गिर बहादुर गुरुङ, ७ मा सुरज घर्ति मगर स्वतन्त्र बाट र ८ मा राजमोका खोप बहादुर पुन निर्वाचित भएका छन ।

त्यस्तै एरावती गाउँपालिकामा पालिका अध्यक्षमा नविल विक्रम शाह ने का र उपाध्यक्षमा राजमोका कृष्ण प्रसाद श्रेष्ठ विजयी भएका छन । वडापालिकामा १ मा अमर रेश्मी नेका,२ मा भिमेश घर्ती मगर माके , ३ मा पदम बहादुर जिसी एमाले, ४ मा शंकर बहादुर भण्डारी ने.का, ५ मा चन्द्र बहादुर रोका नेका, ६ मा भरत खड्का राजमो निर्वातिच भएका छन एैरावतीमा राजमो र नेपालि कङग्रेसको तालमेल थियो ।
त्यसतै मल्लरानी गाउँपालिकामा पालिका अध्यक्षम राजमोका कृष्ण खड्का विजयी भएका छन भने उपाध्यक्षमा ने.का का रमेश कुमार श्रेष्ठ विजयी भएका छन । त्यस्तै वडा पालिकाम १ मा चिन्त बहादुर राहँु मगर राजमो, २ मा लेख बहादुर थापा राजमो, ३मा नोम राज पौडेल एमाले , ४ मा कुमार श्रेष्ठ ने.का, ५ मा गोपाल थापा नेका विजयी भएका छन ।
त्यस्ते सरुमारानी मा पालिका अध्यक्षमा एमालेका झग बहादु वि क र उपाध्यक्षमा बसन्ता खड्का निर्वाचित भएका हुन । त्यस्तै वडा पालिकामा १ मा नर बहादुर खत्री नेका, २ मा भानु भक्त भुसाल एमाले, ३ भिम बहादु मस्र्याइ एमाले, ४ चिन्तबहादुर सोमै एमाले, ५ लक्ष्मी पल्ली मा के र ६ वडामा तिल बहादुर बुढा एमाले बाट निर्वाचित भएका छन ।

त्यसतै झिमरुक गाउँपालिकामा अध्यक्षमा मा.के का पित बहादुर एमसी पालिका उपाध्यक्षमा ने का का प्रमोद पोख्रेल निवार्चित भएका छन । झिम्रुको वडा पालिकामा १ मा धुर्व राज खनाल एमाले, २ मा कृष्ण प्रसाद पोख्रेल ने.का , ३ मा मिन बहादुर के सी राजमो, ४ मा सिताराम पोख्रेल राजमो, ५ मा दधिराम पोख्रेल एमाले , ६ मा धन बहादुर पुन  एमाले , ७ मा कृष्ण बहादुर जि सी मा काङग्रेस र ८ मा तुलस बस्नेतले विजयी गरेका छन ।
त्यस्तै माण्डवी गाउँपालिकामा पालिका अध्यक्षमा मा के का रोशन अधिकारी उपाध्यक्षमा नेका का पुर्ण प्रसाद कालाथोकी निर्वाचित भएका छन । वडा पालिकामा १ मा विप्लव निकटका का बाम बहादुर बुढा,२ मा नेका का प्रकाश वली, ३ मा एमालेका धनेन्द्र कार्की , ४ मा विप्लवका डिल बहादुर घर्ती र ५ मा एमाले का दुर्गा प्रसाद आचार्य विजयी भएका छन ।

नौ बहिनीमा पालिका अध्यक्षमा एमालेका डिल बहादुर थापा निर्वाचित भएका छन पालिका उपाध्यक्षमा एमाले कै विष्णा थापा विजयी भएकी छिन । पालिका वडामा १ मा घन बहादुर बुढा मगर एमाले, २ मा खोपीराम घर्ति मगर मा.के, ३ मा दिल बहादुर के सी मा.के, ४ मा भिम घर्ति मगर एमाले, ५ मा दिल राज पुन एमाले , ६ मा मान बहादुर के सी ने.का ,७ मा रोम प्रसाद बुढाथोकी एमाले र ८ वडा मा मान बहादुर के सी मा.के का निर्वाचित भएका छन ।

गौमुखी गाउँपालिकामा पालिका अध्यक्षमा नेपाली काङग्रेसका विष्णु कुमार गिरी निर्वाचित भएका छन भने पालिका उपाध्यक्षमा मा.के का महाविर राना निर्वाचित भएका छन । पालिका वडाहरुमा १ मा दिल बहादुर थापा मगर ने.का, २ मा डार बहादुर राना मगर ने.का,३ मा जंग बहादुर पुन ने.का ,४ मा धनी राम विक मा.के , ५ मा बरुण ध्वज मल्ल राजमो , ६ मा माके का चन्द्र बहादुर खत्री र ७ मा एमाले का कोमल पुरी विजयी भएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...