News Portal

रेडियो सुन्नुहोस्

नेपालमा मङ्कीपक्सका शङ्कास्पद एक जना बिरामी भेटिए, टेकु अस्पतालमा भर्ना

झुलेनी पोष्ट२०७९ असार,२ काठमाण्डौ
६८९ पटक
२०७९ असार,२ काठमाण्डौ

विदेशबाट काठमाण्डौ आएका मङ्कीपक्सका एक जना शङ्कास्पद बिरामी काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका छन् ।
दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ती शङ्कास्पद पुरुषलाई त्यहाँको हेल्थ डेक्सले सिधै टेकु अस्पताल पठाएको हो । ती पुरुषमा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको तर पूर्ण परीक्षणबाट आउने नतिजाबाट मात्रै मङ्कीपक्सको सङ्क्रमण हो या होइन भनेर पुुष्टि गर्न सकिने अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।
मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन ।
मङ्कीपक्स प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटका रूपमा वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आउँदो हप्ता आपत्कालीन बैठकसमेत गर्न लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...