News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा १३ जनाले ल्याए ‘ए’प्लस  : मनसुन पाण्डेको मात्र ४ जिपिए

सुजाता थापा क्षेत्री (भण्डारी)२०७८ श्रावण १२, प्यूठान
१७२८ पटक
२०७८ श्रावण १२, प्यूठान

बुधवार सार्वजनिक भएको २०७८ को एसईईको नतिजा अनुसार प्यूठान जिल्लामा सबैभन्दा बढी जिपिए कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा मनसुन पाण्डेको ल्याएकी छिन ।

पाण्डेले ४ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएकी हुन् । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका अनुसार दोस्रो स्थानमा लोक चेतन इङलिस बोर्डिङ स्कुलका बिकास रिजालले ३.९० जिपिए प्राप्त गरेका छन् । त्यस्तै प्यूठान भ्याली एकेडेमीका योगेश भण्डारीले ३ं.८५ जिपिए ल्याउन सफल भएका छन ।

सार्बजनिक भएको एसईई परीक्षामा प्यूठानबाट ४ हजार २ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस मध्य १३ जनाले ए प्लस ल्याएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पाण्डितले बताए । ६८ जनाले ए, १ सय ९५ जनाले बी प्लस, ६ सय १७ जनाले बी, १ हजार ६ सय ६१ जनाले सी प्लस, १ हजार ३ सय ९३ जनाले सी, १ सय ९ जनाले डी ग्रेड ल्याएका छन् । १ सय ५० जना विद्यार्थी परीक्षामा सामेल भएका थिएनन् ।

जिल्ला प्रथम हुने मनसुन पाण्डे को हुन् ?
मनसुन पाण्डे कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी अध्यनरत छात्रा हुन । उनले कक्षा १ देखिनै कालिकामै पढेकी हुन् । प्यूठान नगरपालिका ८ मा घर भइकी पाण्डे बुबा आमासंगै प्यूठान नगरपालिका ४ स्थित टारीमा डेरामा बसेर कालिकामा अध्यायन गर्दथिइन् । पाण्डेका बाबुआमा सोही विद्यालयमै अध्ययापन गर्दछन् । सरसफाई र अनुशासनमा अब्वल मनसुन पाण्डे कक्षा १ देखि नै प्रथम हुँदै आउने गरेको कालिकाका प्रध्यानाध्यापक दुर्गाबहादुर गुरुङले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...