News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा १३ जनाले ल्याए ‘ए’प्लस  : मनसुन पाण्डेको मात्र ४ जिपिए

सुजाता थापा क्षेत्री (भण्डारी)२०७८ श्रावण १२, प्यूठान
१५२८ पटक
२०७८ श्रावण १२, प्यूठान

बुधवार सार्वजनिक भएको २०७८ को एसईईको नतिजा अनुसार प्यूठान जिल्लामा सबैभन्दा बढी जिपिए कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा मनसुन पाण्डेको ल्याएकी छिन ।

पाण्डेले ४ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएकी हुन् । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका अनुसार दोस्रो स्थानमा लोक चेतन इङलिस बोर्डिङ स्कुलका बिकास रिजालले ३.९० जिपिए प्राप्त गरेका छन् । त्यस्तै प्यूठान भ्याली एकेडेमीका योगेश भण्डारीले ३ं.८५ जिपिए ल्याउन सफल भएका छन ।

सार्बजनिक भएको एसईई परीक्षामा प्यूठानबाट ४ हजार २ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस मध्य १३ जनाले ए प्लस ल्याएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पाण्डितले बताए । ६८ जनाले ए, १ सय ९५ जनाले बी प्लस, ६ सय १७ जनाले बी, १ हजार ६ सय ६१ जनाले सी प्लस, १ हजार ३ सय ९३ जनाले सी, १ सय ९ जनाले डी ग्रेड ल्याएका छन् । १ सय ५० जना विद्यार्थी परीक्षामा सामेल भएका थिएनन् ।

जिल्ला प्रथम हुने मनसुन पाण्डे को हुन् ?
मनसुन पाण्डे कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी अध्यनरत छात्रा हुन । उनले कक्षा १ देखिनै कालिकामै पढेकी हुन् । प्यूठान नगरपालिका ८ मा घर भइकी पाण्डे बुबा आमासंगै प्यूठान नगरपालिका ४ स्थित टारीमा डेरामा बसेर कालिकामा अध्यायन गर्दथिइन् । पाण्डेका बाबुआमा सोही विद्यालयमै अध्ययापन गर्दछन् । सरसफाई र अनुशासनमा अब्वल मनसुन पाण्डे कक्षा १ देखि नै प्रथम हुँदै आउने गरेको कालिकाका प्रध्यानाध्यापक दुर्गाबहादुर गुरुङले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...