News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई, पालिकामा ८० प्रतिशत बजेट खर्च

झुलेनी पाेष्ट२०७९ साउन १५, प्यूठान
१६१० पटक
२०७९ साउन १५, प्यूठान

सरुमारानी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  आइतबार सम्पन्न गरेको हो ।
गाउँपालिकाले तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका कामकाजको आज सुनुवाई गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले आ.व. २०७८÷०७९ को तेस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाको तेस्रो चौमासिक अवधिमा ८० प्रतिशत बजेट खर्च भएको बताए । जसअन्तर्गत पुँजिगत खर्चतर्फ ७५ प्रतिशत र ८३ प्रतिशत चालु खर्च भएको छ ।
गाउँपालिकाले प्रत्येक चौमासिकमा गरिएका योजना तथा सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि प्रत्येक चौमासिक समयावधिमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सडक, शिक्षा, कृषि र पशुपालनलाई मुख्य प्राथमिकतामा राखेर कामलाई अगाडी बढाउने बताए ।
आजका कार्यक्रमका सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, बजार व्यवस्थापन, सेवा प्रबाह लगायतका बारेमा जिज्ञासा, प्रश्न तथा सुझाव राखेका थिए ।
गाउँपालिका अध्यक्ष बिकले कार्यक्रममा उठेका सवाल तथा जिज्ञासाको जवाफ दिए थिए ।
त्यस्तै गाउँपालिकाले आ.व.०७७÷०७८ को बेरुजु शून्य कायम गर्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीको अहम भुमिका रहेको भन्दै सम्मान समेत गरेको छ । गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा र उपाध्यक्ष बसन्ता खड्काले दोसल्ला र प्रशंसा पत्रले प्रमुख प्रशासकिय अधिकृत रेग्मीलाई सम्मान गरेका हुन् ।
सरुमारानी गाउँपालिकाको आयोजना तथा युथ मिडिया प्रालि प्यूठानको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...