पत्रकार महोदय,
राजा देखि रैती सम्म,
नेता देखि जनता सम्म,
धनी देखि गरिबसम्म,
विद्वान देखि मुर्खसम्म,
देश देखि बिदेशसम्म,
तिम्रो क्षमताले भ्याएसम्म
कलम चलाउँछौ तिमि ।
तिम्रो कलमको साहारामा
सत्ताको भर्याङ चढ्नेहरु,
तिम्रो कलमको साहारामा
नाम चलाउनेहरु देखि,
नाम गुमनाम बनाउनेहरु,
सबै यो देशका शत्रु हुन् ।
किन?हिसाब भएनन्,
गरिबका आशुको ।
किन? लेखेन तिम्रो कलमले
जनताका पिर र मर्काहरु,
तिम्रा एक गल्तीले आज
एक युग पछाडि परेको छ ।
अचेल तिम्रो समाचार भन्दा
कविका कविता पढ्छु म
कवितामा देशप्रेम भेट्छु ।
समाचारमा नछापिएका,
गरिबका दुख, पिर र मर्का,
कविताका हरफमा लेखिन्छन ।
तिम्रा समाचार क्षणिक हुन्छन्,
कविता युगौ जिवन्त रहन्छन् ।
तिम्रा समाचारमा,
नेताको चाकरी भेटिन्छ ।
सत्य तथ्यको घाँटी रेटिन्छ ।
तिम्रा हातहरु बाधिएका छन् ।
तिम्रा मस्तिष्क बेचिएका छन् ।
तिमी स्वतन्त्र छैनौ अचेल,
तिम्रा समाचारहरु मेटिन्छ्न् ।
मन लाग्दी फेरी थपिन्छ्न् ।
तिम्रा अन्तर्वार्ताहरु,
लिनु पुर्व घोकिन्छ्न् ।
तिमी पत्रकारको नाममा,
धन्दा गरिरहेछौ अचेल,
तिम्रो धन्दामा भन्दा,
वेश्यालयमा शरीर बेच्नेहरुमा,
नैतिकता देख्छु म
त्यहाँ यौन बिक्छ,
बिग्दैन विचार ।
कविता सत्य लाग्छन् ।
तिमी पर्दा अगाडि छौ
दुर्भाग्य,
तिमी देशको चौथो अंग
साहित्य तिम्रो पछाडी कसरी ?