News Portal

रेडियो सुन्नुहोस्

कविता : पत्रकार

किरण पोख्रेल (एक बसन्त)२०७९ श्रावण १८, प्यूठान
१४८३ पटक
२०७९ श्रावण १८, प्यूठान

पत्रकार महोदय,
राजा देखि रैती सम्म,
नेता देखि जनता सम्म,
धनी देखि गरिबसम्म,
विद्वान देखि मुर्खसम्म,
देश देखि बिदेशसम्म,
तिम्रो क्षमताले भ्याएसम्म
कलम चलाउँछौ तिमि ।

तिम्रो कलमको साहारामा
सत्ताको भर्याङ चढ्नेहरु,
तिम्रो कलमको साहारामा
नाम चलाउनेहरु देखि,
नाम गुमनाम बनाउनेहरु,
सबै यो देशका शत्रु हुन् ।

किन?हिसाब भएनन्,
गरिबका आशुको ।
किन? लेखेन तिम्रो कलमले
जनताका पिर र मर्काहरु,
तिम्रा एक गल्तीले आज
एक युग पछाडि परेको छ ।

अचेल तिम्रो समाचार भन्दा
कविका कविता पढ्छु म
कवितामा देशप्रेम भेट्छु ।
समाचारमा नछापिएका,
गरिबका दुख, पिर र मर्का,
कविताका हरफमा लेखिन्छन ।
तिम्रा समाचार क्षणिक हुन्छन्,
कविता युगौ जिवन्त रहन्छन् ।

तिम्रा समाचारमा,
नेताको चाकरी भेटिन्छ ।
सत्य तथ्यको घाँटी रेटिन्छ ।
तिम्रा हातहरु बाधिएका छन् ।
तिम्रा मस्तिष्क बेचिएका छन् ।
तिमी स्वतन्त्र छैनौ अचेल,
तिम्रा समाचारहरु मेटिन्छ्न् ।
मन लाग्दी फेरी थपिन्छ्न् ।
तिम्रा अन्तर्वार्ताहरु,
लिनु पुर्व घोकिन्छ्न् ।

तिमी पत्रकारको नाममा,
धन्दा गरिरहेछौ अचेल,
तिम्रो धन्दामा भन्दा,
वेश्यालयमा शरीर बेच्नेहरुमा,
नैतिकता देख्छु म
त्यहाँ यौन बिक्छ,
बिग्दैन विचार ।

कविता सत्य लाग्छन् ।
तिमी पर्दा अगाडि छौ
दुर्भाग्य,
तिमी देशको चौथो अंग
साहित्य तिम्रो पछाडी कसरी ?

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...