News Portal

रेडियो सुन्नुहोस्

टाेल-टाेलमा प्रहरी अभियान कार्यक्रम स्वर्गद्वारीमा

सिखबर संवाददाताभाद्र १० स्वर्गद्वारी, प्यूठान
१९०४ पटक
भाद्र १० स्वर्गद्वारी, प्यूठान

जिल्ला प्रहरी कार्यालय प्यूठानकाे बार्षिक कार्ययाेजना अनुसार टाेल-टाेलमा प्रहरी अभियान कार्यक्रम अन्तरगत स्वर्गद्वारी नगरपालिका वडा नं- ४ काे वडा कार्यालयमा घरेलु तथा लैङगिक बालबालिका हिंसा विरुद्द विषयक अन्तरक्रिया कार्यक्रम अाइतवार सम्पन्न भएकाे छ ।

इलाका प्रहरी कार्यालय भिङग्रीकाे अायाेजना एवम् स्वर्गद्वारी नगरपालिका वडा नं-४ काे अार्थिक सहयाेगमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे । वडा अध्यक्ष सुरेन्द्र हमालकाे अध्यक्षतामा सुरु भएकाे अन्तरक्रिया कार्यक्रमकाे सहजगिकरण इलाका प्रहरी कार्यालय भिङग्रीका प्रहरी प्रमुख घनश्याम केसीले गर्नुभएकाे थियाे ।

अन्तरक्रिया कार्यक्रममा वडाका जन-प्रतिनिधि, बचत तथा सहकारी संस्थाका पदाधिकारी, समाजसेवी बुद्धिजीवि लगायत स्थानीय वडावासी गरी ३३ जनाकाे सहभागिता रहेकाे थियाे । अन्तरक्रिया कार्यक्रमकाे सहजिकरण गर्दै प्रहरी प्रमुख केसीले घरेलु तथा लैङगिक हिंसालार्इ न्यूनिकरण गर्नकाे लागि समाजका सबै सदस्यहरु जिम्मेवारीपूर्ण तरिकाले सक्रिय भएपछि मात्र संम्भव हुने हुदा यस अभियानलार्इ सफल पार्नकाे लागि सबैलार्इ अनुराेध समेत गर्नुभएकाे थियाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...