News Portal

रेडियो सुन्नुहोस्

कम्युनिष्ट नामधारी दलहरु विचारधाराबाट विचलित छन् : उपाध्यक्ष नेम्वाङ

झुलेनी पाेष्ट२०७९ साउन ३१, प्यूठान
६६९ पटक
२०७९ साउन ३१, प्यूठान

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेससँग टासिएर गठबन्धन गरीरहेका कम्युनिष्ट नामधारी दलहरुलाई कम्युनिष्ट विचारधाराबाट विचलित भएको बताएका छन् ।
आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरु नैतिकताको कम्युनिष्ट राजनितीबाट पराजित भएको उल्लेख गरेका हुन् ।
कांग्रेस नेताको भनाई उदृत गर्दै उपाध्यक्ष नेम्वाङले भने, ‘कम्युनिष्ट नामका केहिँ दलहरु लमक लमक हिडिरहेको हात्तीको कानमा बसेका चमेराहरु हुन् ।’ नेपाली कांग्रेसका एक नेतासँग भएको छलफलको प्रसङ्ग निकाल्दै उनले प्यूठानमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा उनले यस्तो बताएका हुन् ।
फरक प्रसङ्गमा उपाध्यक्ष नेम्वाङले नेकपा एमालेबाट अलग्गिएर नेकपा एस पार्टी बनाएका माधव नेपालले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको जिकिर गरे ।
‘पार्टीमा विचारको झगडा हुन्छ, विचारमा विवाद हुन्छ’, उनले भने, ‘पार्टीमा रहँदा बखत र चोइटिएर गएपनि एमालेकै सत्तो सराप गर्नु शिवाय माधव कमरेडले अरु जान्नुभएको छैन ।’
विपक्षीसँग गठबन्धन गरी २० प्रतिशत लिएर पार्टी फुटाएका कमरेडले स्थानीय तहको निर्वाचनमा ४ प्रतिशत ल्याउँदा पनि कमजोरी महसुस नगरेको उल्लेख गर्दै उनले भने, ‘एक्लै भिडेको भए त्यो ४ प्रतिशत त कहाँ आउँथ्यो र अरुसँग गासिएर त्यहि पनि ल्याउनु भएछ ।’
नेपाली कांग्रेससँग गठबन्धन गरी धारिलो बञ्चरोको बिँड बनेका उनीहरु आगामी मंसिर ४ को निर्वाचनबाट जनताले पाखा लगाउने जिकिर गरे । ‘हामिलाई जनताले अति विश्वास सहित आशीर्वाद दिएका छन्’, उनले भने, ‘आगामी निर्वाचनमा बहुमत सहितको सरकार एमालेको एजेण्डा हो ।’

सोमबार जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष नेम्वाङले निरङ्कुसताका विरुद्ध लडौ भन्दा नमान्ने कांग्रेससँग कम्युनिष्ट नामका केही दल आफै सिगारिएर नेकपा एमालेविरुद्ध लाग्दा विश्व चकित बनेको बताए ।
‘एमालेसँग कांग्रेस आँखामा आँखा जुधाउन सक्दैन’, उनले भने, ‘तर आफ्नै विराधलाई काट्ने बञ्चरोको बिँडलाई कठैवरा भन्ने शिवाय अरु के भनौं र ।’
आगामी निर्वाचनमा एमालेले जनतासामु सत्तारुढ दलका बिरुद्ध लैजाने मुद्धाका अनगिन्ति चाङ भएको उल्लेख गर्दै उनले एमालेमा पनि पार्टी पंक्ति र पद्धति बलियो हुनुपर्ने बताए ।
स्थानीय तहको निर्वाचनमा हामी आफ्नै खुट्टामा अल्झेर केही ठाउँमा लडेपनि खिया लाएका नट बोल्ट सफा गर्नुपर्ने बेला आएको बताए ।
‘हामी विरुद्ध अरु दलहरु सबै एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’, उनले भने, ‘२÷३ सय पार्टीको सदस्य सहित भोट भने २४ किन आउँछ, हामी आफ्नै खुट्टामा अल्झेका होइनौ ?’
अँझैपनि समय नघर्केको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई आश्वस्त पार्दै नेम्वाङले आफ्नो थैलीको मुख बलियो बनाउनुपर्ने बताए ।
नेकपा एमाले जिल्ला कमिटि प्यूठानले सोमबार होटेल आयुस्मा जुर्मी प्यूठानमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा नेम्वाङ सहित पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज बिमला घिमिरे, पोलिटव्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, अनुशासन आयोग सदस्य झपेन्द्र जिसी लगायतले प्रशिक्षण दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...