News Portal

रेडियो सुन्नुहोस्

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा आचार्य

झुलेनी पोष्ट२०७९ भदौ, १८ प्यूठान
१८६५ पटक
२०७९ भदौ, १८ प्यूठान

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको नेतृत्वमा नेत्रमणी आचार्य सर्वसम्मत चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्षमा आचार्य, उपाध्यक्षमा राधा पुलामी, सचिव महन सुवेदी, कोषध्यक्ष किरण केसी चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा तारा विष्ट, सुशिला नेपाली, प्रभात श्रेष्ठ, खिम बहादुर जिसी, शंकर प्रसाद आचार्य, नरेश्वर लम्साल चयन भएका हुन् । त्यस्तै लेखा समिती संयोजक शुसिल पोख्रेल सहिते सदस्यमा गोमा पोख्रेल, चन्द्र घर्ति चयन भएका हुन् ।

सानो बचत ठुलो काम, आफ्नै हातले जोडौ माम भन्ने मुल नाराका साथ संस्थाको विजुवार, खैरा, खंलगामा शनिबार साधारण सभा सम्पन्न भएको हो । विजयी लक्ष्मी सहकारी संस्था र फुलबारी बचत तथा ऋण सहकारी संस्था एकीकरण पश्चात विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नाममा २०७९ जेठ २४ गते लुम्बिनी प्रदेशमा दर्ता भई एकीकरणको स्वीकृत प्राप्त गरेको थियो ।

सहकारी संस्थामा हाल सम्म ४ हजार ९ सय ९२ सदस्यहरु आवद्ध छन् । संस्थाको कुल शेयर पुँजी २० करोड ७७ लाख ६५ हजार ६ सय ९३ रुपैया ५२ पैसा रहेको संस्थाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...