News Portal

रेडियो सुन्नुहोस्

एमालेले उमेद्वारकाे टुंगाे लगायाे संघमा सुर्य थापा, प्रदेशमा शर्मा र रिजाल सर्वसम्मत सिफारिस

झुलेनी पोष्ट भदाै 20
५८८ पटक
भदाै 20

प्युठान,   नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सुर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन । सोमबार बसेको पार्टीको जिल्ला कमिटिको बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिब माधब पौडेलले जानकारि दिए ।

पत्रकारिताबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको प्रेस सल्लाहकार समेत रहेका थिए । सचिब पौडेलका अनुसार प्युठानमा प्रत्यक्षतर्फ प्रदेश (क)बाट एमालेको लुम्विनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा र प्रदेश (ख) बाट केन्द्रीय सदस्य एवं प्युठान जिल्ला सहईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको हो । रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण बिकाश मन्त्री समेत बनेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...