News Portal

रेडियो सुन्नुहोस्

प्यूठानबाट २१ हजार किलो श्रीखण्ड निकासी

झुलेनी पोष्ट२०७९ भदौ, २५ प्यूठान
२६२८ पटक
२०७९ भदौ, २५ प्यूठान

जिल्लाबाट २१ हजार किलो श्रीखण्ड निकासी भएको छ । आर्थिक वर्ष २०७८,७९ मा करिब २१ हजार किलो श्रीखण्ड निकासी गरि बिक्री गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए ।

जिल्लाको प्यूठान नगरपालिकाको क्वाडी, र स्वर्गद्धारी नगरपालिका भिंग्रीका किसानहरुले श्रीखण्ड बिक्री गरेर करिब ७२ लाख बराबरको आम्दानी गरेका छन् । डिभिजन वन कार्यालय प्यूठानले बर्षेनी ४० हजार हारहारीमा श्रीखण्डको विरुवा उत्पादन गरि वितरण गर्दै आईरहेको वन रेन्जर पौडेलले बताए ।

‘बहुमुल्य जडीबुटि श्रीखण्ड विशेष गरि धार्मिक प्रयोजनका लागि प्रयोग गरिन्छ,’ उनले भने, ‘यसले गर्दा यसको माग बढ्दो छ ।’ अहिले प्यूठान जिल्ला सहित देशैभरनै श्रीखण्डको माग बढ्दै गएको पौडेलले बताए । माग अनुसार श्रीखण्ड उत्पादन हनुदा पुर्याउन नसकिएको वन कार्यालयले जनाएको छ । प्यूठान जिल्ला श्रीखण्ड उत्पादनका हिसावले नमुना जिल्लाको रुपमा देशभर परिचित छ ।

श्रीखण्डलाई जिल्लामा मुख्य जडीबुटि रुपमा खेती गर्ने र यसको विकास, संरक्षण तथा पर्वद्धन गरि व्यवसायिक वनाउने उद्देश्यसहित व्यापक रुपमा विस्तार गरिदै आएको पौडेलले बताए । व्यवसायिक खेती गर्ने किसानहरुलाई वन कार्यालय अनुदान समेत उपलब्ध गराउदै आएको उनले बताए ।

श्रीखण्ड खेतीलाई जिल्लाभर व्यवसायिक वनाउनका लागि वन कार्यालयले खेतीयोग्य जमिन छनौट गरेर किसानलाई निःशुल्क विरुवा वितरण गर्दै आएको छ ।
समुद्री सतहदेखी करिब १ हजार मिटर सम्मको उचाईमा पाइने श्रीखण्ड विरुवा रोपेको करिब २५ देखी ३० वर्ष पछि पूर्णरुपमा उत्पादन तथा बिक्री गर्न योग्य हुन्छ ।

श्रीखण्ड धार्मिक पुजाआजाका लागि मात्र नभई बहुमूल्य औषधी रुपमा पनि प्रयोग गरिदै आएको पाईन्छ । त्यसका साथसाथै श्रीखण्डबाट हस्तकला वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग, टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निकोका लागि प्रयोग गरिदै आएको पाईन्छ ।

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...