News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकामा बालबालिका पूर्ण भर्ना भएकाे घाेषणा

सिखबर संवाददाताभाद्र २३ स्वर्गद्वारी, प्यूठान
१२६० पटक
भाद्र २३ स्वर्गद्वारी, प्यूठान

अाज शनिवार ३९ अाैं शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस २०७५ देशैभरी विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । शिक्षा सँग सराेवकार राख्ने सम्बद्द निकायहरुले विभिन्न खाले कार्यक्रमहरु गरी दिवस मनाएका छन । समाजवाद उन्मूख समृद्व राष्ट्र निमार्णकाे अाधार, दक्ष जनशक्ति विकास एवम् दिगाे शैक्षिक पूर्वाधार भन्ने मूल नारालार्इ अात्मासाथ गर्दै प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिकामा पनि याे कार्यक्रम भव्यताका साथ मनाइएकाे छ ।

दिवसकै अवसरमा यस नगरपालिकालार्इ अनिवार्य अाधारभूत शिक्षामा पहुँचकाे सुनिश्‍चितता भन्दै ५ वर्ष देखि १२ वर्ष उमेर समूहका अाधारमूत तहमा पूर्ण भर्ना नगरपालिका घाेषणा समेत गरिएकाे छ । ५ नम्वर प्रदेश नेपालका प्यूठानवाट निर्वाचित सांसद हरि रिजालकाे प्रमुख अातिथ्यतामा घाेषणा गरिएकाे हाे घाेषणा सभालार्इ सम्वाेधन गर्दै प्रमुख अतिथि रिजालले यस नगरपालिकाले याे अत्यन्तै उदारणीय काम गरेकाले हार्दिक बधार्इ तथा यसकाे निरन्तरताकाे कामना पनि गर्नुभयाे । साथै उहाँले घाेषणा गरेर मात्र यस अभियानले सार्थकता नपाउने हुँदा यसकाे कार्यान्वयनमा बलियाे गरी सबै लाग्नुपर्ने अाैल्याउनुभयाे ।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र बहादुर राेका क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विशेष अतिथी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, सेभद् चिल्ड्रनका बरिष्ठ कार्यक्रम संयाेजक राजेन्द्र तुलाधर रहनु भएकाे थियाे भने अतिथीहरुमा प्यूठान प्रहरी प्रमुख निर्मल बुढाथाेकी लगायत विभिन्न शिक्षा सम्बद्व कार्यालयका प्रमुख एवम् प्रतिनिधि सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि पत्रकार समाजसेवी राजनीतिज्ञ लगायतका विभन्न व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

साथै कार्यक्रममा शैक्षिक सामाग्रीहरुकाे प्रर्दशन समेत विभिन्न विद्यालयहरुले गरेका थिए जसकाे प्रथम स्थानमा पर्न सफल भएकाे हाे स्वर्द्वारी नगरपालिका वडा नं २ नाेसकाे जनता प्रावि विद्यालय यसका साथै जनता प्रावि नाेसलार्इ शैक्षिक सत्र २०७४ काे उत्कृष्ट विद्यालयकाे घाेषित समेत भएर पुरस्कार प्राप्त गरेकाे छ । दाेस्राे छेडापाेखरी प्रावि वडा नं ९ त्यसैगरी तेस्राे नेरा मावि काेचिवाङ भएका छन । शैक्षिक सामाग्री पर्दशनी मार्फत उत्कृष्ट अाउने विद्यालयहरुलार्इ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । यसैबिच नगरपालिका भित्र रहेर शैक्षिक क्षेत्रकाे विकासकाे लागि महत्वपूर्ण याेगदान पुर्याउने व्यक्तिहरुलार्इ पनि सम्मान गरिएकाे थियाे । स्वर्गद्वारी नगरपालिकाकाे अायाेजा तथा सेभद् चिल्ड्रेन कालिका विकास केन्द्र नेपाल फूलवारी एकिकृत ग्रामीण विकास संस्था गाेल परियाेजना लगायतका संस्थाहरुकाे सहयाेगमा अायाेजित कार्यक्रमकाे संचालन बल बहादुर राेकाएले गर्नुभएकाे थियाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...