News Portal

रेडियो सुन्नुहोस्

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

९४५ पटक

बाेम बहादुर परियार

मंसिर २० सोमबार

१९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान मा पनि भब्य रुपले मनाईएको छ । दिबसका अबसरमा २४ सै घन्टा सामुदायिक स्वास्थ सेवामा खटिने स्वयंसेबिकाहरुलाई सम्मान गर्दै जिल्लाभर यो दिबस मनाइएको हो । मल्लरानी गाउपालिका ३ ले सोमबार धरम्पानी स्वास्थ चौकी अन्तरगतका १३ जना महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई नगद ५ हजार र प्रेसर जाँच गर्ने मेसिन ( बिपि सेट ) झोला छाता डायरि दिदै अबिर माला लगाएर सम्मान गरेको छ । साथै महिला स्वास्थ्य स्वयंमसेबिका र आमा समुहलाई सहभागी गराई हाजिरिजबाफ प्रतियोगिता समेत सम्पन्न गरिएको हो । छ वटा समुहमा संचालन गरिएको प्रतियोगितामा कुला आचार्यको समूह प्रथम , ललिता केसि को समूह दोस्रो र सान्ता श्रेष्ठको समूह तेस्रो भएका छन । बिजेता हुनेले क्रमश २००० ,१५०० र १००० प्राप्त गरेका छन । त्यस्तै कार्यक्रममा उत्कृष्ट ३ जना महिला स्वास्थ्य स्वयंसेबिका ललिता के सि , सरस्वती बोहोरा र मायादेबी पौडेललाई सम्मान पत्र र दोसल्ला लगाएर सम्मान गरिएको हो । धरम्पानी स्वास्थ्य चौकिको सभाहलमा गरिएको कार्यक्रममा वडा अध्यक्ष नोमराज पौडेलले महिला स्वास्थ्य स्वयंमसेबिका समुदायको डाक्टर रहेको बताएका छन । मल्लरानी गाउपालिका वडा नं ३ का जेष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको पौडेलले बताएका छन । १९अाै महिला स्वास्थ्य स्वयम् सेविका दिवसकाे अवसर पारि मल्लरानी गाउँपालिका वडा नं ३ मा ६८ बर्ष देखि माथिका जेष्ठ नागरिकहरुकाे रक्तचाप ( ब्लड प्रेसर) नापी अावश्यक स्वास्थ्य सुझाव दिन कार्यक्रमकाे सुरुवात गरिएकाे बताए । उनले स्वयंसेबिकाहरुको प्रोत्साहनका लागि वडाबाट १ लाख बजेट बिनियोजन गरेको बताए । त्यस्तै समुदायमा धेरै दिर्घ रोगिहरु रहेको र ब्लड प्रेसर कै कारण मानिसहरु ज्यान गुमाउन नपरोस समय समयमा आफ्नो प्रेसर घरमै जाँच गर्न पाउनु पर्छ भन्ने उदेश्यले महिला स्वास्थ स्वयमसेबिकालाई बिपि सेट उपलब्ध गराएको वडा अध्यक्ष पौडेल ले बताए । त्यस्तै दैनीक ४० देखि ५० वटा बिरामी आउने धरमपानी स्वास्थ्य सस्थामा छिटै ल्याब सेवा समेत स्थापना गर्न पहल गरिएको उनको भनाई छ । त्यस्तै कार्यक्रममा बोल्दै धरमपानी स्वास्थ्य चौकिका प्रमुख टुकाराम पोख्रेल ले सस्थाका गतिविधि बारे जानकारी गराउदै स्वास्थ्य सस्थालाई माथी उठाउनको लागि महिला स्वास्थ्य स्वयंसेबिकाको विशेष भुमिका रहेको बताए । त्यस्तै नया स्थानिय सरकार गठन भएपछी महिला स्वास्थ स्वयंसेबिका हरुको पारीसर्मिकमा हेरफेर भएको अनुभूति गरिएको बताए । त्यस्तै कार्यक्रमका प्रमुख अथिती मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले स्वास्थ्य स्वयंसेबिकाको आबस्यकतालाई मध्यनजर गर्दै सक्दो पारिश्रमिक को ब्याबस्था मिलाउने बताए । त्यस्तै आफ्ना लागि यो दिबस विशेष दिन रहेको बताउदै महिला स्वास्थ स्वयंसेबिका सरस्वती बोहोराले खुसी व्यक्त गरेकी थिईन । उनले भनिन यस अघिका दिवस हरु दिबस मा मात्र सिमित थिए तर अहिले हामी सबै स्वयंसेबिकाहरुलाई यो सम्मान ले अझ जिम्मेवार बढेको र खुसी थपिएको छ । जिल्लाको सबैभना ठूलो वडा समेत रहेको मल्लरानी गाउपालिका ३ नम्बर वडाले साबिक का १३ वटा वडाका मानिसहरुलाइ सेवा दिदै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...