News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा पहिलोपटक पत्थरीको सल्यक्रिया

बाेम बहादुर परियारमंसिर २७
१७१० पटक
मंसिर २७

प्युठान अस्पतामा पहिलोपटक पत्थरिको सल्यक्रिया गरिएको छ ।
मल्लरानी गाउपालिका ५ का २८ वर्षिय मदन बुढाथोकी गत २५ गते बिरामी भएर प्युठान अस्पतालमा गएका थिए । मदनको पहिले मेरुदण्ड भाचिएर कम्मर मुनिको भाग चल्दैनथ्यो ।
उनलाई अहिले पेट दुख्ने , पिसाब लागेको थाहा नहुने जस्ता समस्या देखियो ।
उनलाई प्युठान अस्पतालका सर्जन डाक्टर युगल ज्योति नेपाल ले जाँच गरेका थिए ।
मदन को पिसाप थैलिमा पत्थरी देखियो । त्यसपछि मदन लाई अस्पतालमा भर्ना गरि राखियो ।
मङ्गलबार मदनको सफल अपरेसन भएको छ । पिसाब थैलिबाट ३ से मि को पत्थरी निसुल्क अपरेसन गरि निकालिएको डाक्टर युगल ज्योती नेपाल ले बताए । साथै उनले भने प्युठान अस्पतालमा यस अघि यस्ता प्रकारका सल्यक्रिया गरिएको थिएन । आज पहिलोपटक उक्त अपरेसन गरिएको छ । उक्त अपरेसन गर्नको लागि स्वास्थ्य बिमा गरेकाहरुको लागि निसुल्क र बिमा नभएकाहरुको लागि १२ देखि १५ हजार सम्म खर्च लाग्ने डाक्टर नेपाल ले बताए ।
साथै जिल्लामा पहिलोपटक गरिएको उक्त अपरेसनमा डाक्टर रतन सुवेदी , एनेस्थेसिया असिस्टेन्ट मधु सुनार , हेल्थ असिस्टेन्ट सेर बहादुर बिक , नर्सिङ कर्मचारी रमिला राई लगायत कर्मचारीहरु सम्लग्न हुनुहुन्थ्यो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...