News Portal

रेडियो सुन्नुहोस्

रनिङ शिल्डको आज दोस्रो दिन

बिबश घर्ति मगर१५ पुष २०७९
७४८ पटक
१५ पुष २०७९

प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको आज दोस्रो दिन बिभिन्न बिधामा खेल भएको छ । आज भएको खेलमा १५ सय दौडमा छात्रा तर्फ मुक्ति मा.वि रातामाटा प्रथम, जनता मा.वि बाग्दुला द्धितीय र भुवनेश्वर मा.वि खैरा तृतीय भएको छ भने छात्र तर्फ बालविद्या मा.वि मजुवा मरन्ठाना प्रथम, जनता मा.वि बाग्दुला द्धितीय र लम्च्याङ मा.वि तृतीय भएको छ । त्यस्तै ८ सय मिटरको दौडमा छात्रा तर्फ जनता मा.वि बाग्दुला प्रथम, बालविद्या मा.वि मजुवा मरन्ठाना द्धितीय, भुवनेश्वर मा.वि खैरा तृतीय भए सँगै छात्रमा जनता मा.वि बाग्दुला प्रथम, मुक्ति मा.वि रातामाटा द्धितीय, अनि क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय भएको हो ।
लङ्गजम्पमा छात्रा तर्फ क्षेत्रबिकास मा.वि पुण्यखोला प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, जनता मा.वि बाग्दुला तृतीय तथा छात्रमा पब्लिक बोर्डिङ प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, मुक्ति मा.वि रातामाटा तृतीय भएको छ । हार्ईजम्प तर्फ छात्रामा जनता मा.वि बाग्दुला प्रथम, जानकी मा.वि चितिखोला र मुक्ति मा.वि रातामाटा द्धितीय, तथा भुवनेश्वर मा.वि खैरा तृतीय भएको हो भने छात्र तर्फ क्षेत्रबिकास मा.वि पुण्यखोला प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, बालविद्या मा.वि मजुवा मरन्ठाना तृतीय भयो ।
त्रिपलजम्प छात्रामा भुवनेश्वर मा.वि खैरा प्रथम, बालविद्या मा.वि मजुवा मरन्ठाना तथा मुक्ति मा.वि रातामाटा द्धितीय र जनता मा.वि बाग्दुला तृतीय भयो भने छात्र तर्फ भुवनेश्वर मा.वि खैरा प्रथम, जनता मा.वि बाग्दुला द्धितीय, क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय भएको हो । त्यस्तै कवड्डिमा क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय हुँदा जनता मा.वि बाग्दुला र मुक्ति मा.बि रातामाटा यी दुई खेल फाइनलमा भोलि प्रतिस्पर्धा गर्दै छ भने भलिबल तर्फ जनता मा.वि बास्कोट तृतीय भयो भने अन्तिम फाइनलमा भोलि जनता मा.वि बाग्दुला र मुक्ति मा.बि रातामाटा बिच खेल हुने भएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...