News Portal

रेडियो सुन्नुहोस्

मनोपरामर्शकर्ता सञ्जाल प्यूठानसंग नगरपालिकाले समोन्वय गर्नुपर्ने माग

मधुसुदन पाेख्रेलपाैष २४
७७८ पटक
पाैष २४

प्यूठान,
मनोपरामर्शकर्ता सञ्जाल प्यूठान संग नगरपालिकाले समोन्वय गर्न माग राख्दै आइतवार प्यूठान नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाछन । मनोपरामर्शकर्ता सञ्जालकी संयोजक रुपारेखा बुढाथोकीको नेतृत्वमा पत्र बुझाएको हो ।
जिल्लामा मनोरोगिहरु, तथा आत्महत्याका घटनाहरु बढ्दै गएको हुनाले नगरपालिकाले पनि संजाल संग आवाश्यक समोन्वय गरी यस्ता खालका घटनाहरु घट्न नदिनको लागि आवाश्यक पहल कदमी चलाउनु पर्ने माग राखेको सञ्जालकी अध्यक्ष बुढाथोकीले बताइन ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्णु बहादुर योगिले पछिल्लो समय मनोरागका विरामी धेरै बढ्न थालेको हुँदा नगरपालिकाले यो विषयमा सोचिरहेको बताए । उनले नगरपालिकाले विज्ञसंग छलफल तथा अन्तरकृया कार्यक्रम समेत गरेको बताएकाछन । नगरपालिका कार्यालय मनोपरामर्श संजाल प्यूठान संग छलफल तथा सहकार्य गर्नकालागि प्यूठान नगरपालिका सधै तयार हुने योगिले प्रतिवद्धता जनाएका छन ।
जिल्लामा मनोरोगीहरु बढ्न नदिन जिल्लाका सवै पालिका संग समोन्वय गरी परामर्शका कार्यक्रम चलाउने योजना रहेको सञ्जालले  बताएको छ ।

याे पनि

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...