News Portal

रेडियो सुन्नुहोस्

गौमुखी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

झुलेनी पोष्ट२७ पुष २०७९
८०८ पटक
२७ पुष २०७९

गौमुखी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को प्रथम चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहजीकरणमा सम्पन्न भएको हो । सो सार्बजनिक सुनाइमा सेवा प्रदायक र सेवाग्राही बिच सुशासन, पार्दर्शी, जबाफ देहिता र गुनासो विषयलाई बढि प्राथमिकता दिएको थियो । सहभागीहरुले सेवाग्राहीहरुले पाउनु पर्ने सेवा सुबिधा छिटो छरिटो तथा सेवग्राहिको काम समयमा हुनुपर्ने लगायतका कुरामा जोड दिएका हुन् ।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, गाउँपालिका उपाध्यक्ष महाविर रानाले गाउँपालिकाको समग्र विकासका लागि अभिप्रेरित हुने बताउनुभएको छ । सल्लाह तथा सुझावहरु गाउँपालिकाले आगामी दिनमा मनन गर्दै जाने समेत बताउनुभएको हो । सुझाव र प्रश्नको जवाफ दिदै सहजीकरण गर्ने निकाय नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानलाई गाउँपालिकाले धन्यवाद पनि दिएको छ ।


गाउँ पालिका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सचिव प्रज्वोल पहाडीको सन्चालन तथा पालिका उपाध्यक्ष महाबिर रानाको स्वागत मनतब्यमा संचालन भएको हो । सो कार्यक्रममा सार्बजनिक सुनुवाइको महत्वको बारेमा महासङ्घ प्युठानका अध्यक्ष सन्जय रिजालले प्रकाश पार्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तिले सार्बजनिक सुनुवाइ प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि ज्ञामुराम न्यौपाने, रमेश राना, टुक बहादुर के सी, मधुराम के.सी, र नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...