पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरु गाउँमै वितरण हुन थालेको छ । सरकारले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई दिदै आएको सुरक्षा भत्ता पहिले राज्यबाट दिदै आएकोमा हिजोआज वडाबाटैै वितरण गर्न लागिएको हो । सोही अनुसार प्यूठान नगरपालिका वडा नं ६ माझकोटले अबदेखी वडा बाट नै सुरक्षाका भत्ताहरु वितरण गर्ने भएको छ । अशक्त अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई बैंक मार्फत लिदा झन्झटिलो र गा¥हो हुने भएकाले वडा बाट नै दिन थालिएको वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । गाउँबाट बजार झर्दा समय लाग्नुको साथसाथै धेरै मात्रामा पैसा फजुल खर्च हुने भएको हुँदा त्यसलाई नै मध्यनजर गर्दै वडाबाट दिन थालिएको अध्यक्ष पुनले बताए । आ.व २०७९÷८० को दोस्रो त्रैमासिक को सामाजिक सुरक्षा शुक्रबार ६ गते वितरण गर्न लागिएको हो ।
मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन
मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ...
स्वर्गद्वारी बहुमुखी क्याम्पसको साधारणसभा सम्पन्न
स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानको १३ औँ साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साधारणसभाबाट क्याम्पसको आगामि...
विद्युत प्राधिकरणको दम्तीमा निर्मित सव-स्टेशन सञ्चालनमा
लामो समयदेखि अलपत्र अवस्थामा रहेको दम्ति सव-स्टेसन सञ्चालनमा आएको छ। २०७२ सालदेखि निर्माण सुरु गरेर...
आजको राशिफल: २०८१ कार्तिक १५ बिहिवार
मेष आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा...
आजको राशिफल : २०८१ कार्तिक १४ बुधवार
मेष ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा...
- दसैँपछि काठमाण्डौ फर्कन २० प्रतिशत छुटमा स्वर्गद्वारीको टिकट बुकिङ खुला
- झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत
- ५ लाखभन्दा माथिका योजना ठेक्का मार्फत गराउने लुम्बिनी सरकारको निर्णयविरुद्ध अदालतमा रिट दर्ता
- जिल्ला प्रहरी कार्यालय प्यूठानमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
- विश्व दृष्टि दिबसमा ४९ जनाको आँखा जाँच
- वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको नेकपा बहुमतको आरोप
- अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न
- लायन्सद्वारा डायलाईसिस मेसिनका लागि १ करोड ३० लाख हस्तान्तरण
- मौसममा पुन: बदली, हल्का र मध्यम वर्षाको संभावना
- ५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश